कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ सार्वजनिक (भिडियोसहित)
चर्चित लोकदोहोरी बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ नामक गीत आज सार्वजनिक गरिएको छ । बुधबार रिपोर्टर्स क्लब नेपालको केन्द्रिय कार्यालयमा एक समारोहकाबीच उक्त गीत सार्वजनिक गरिएको हो ।
क्लबका सभापति ऋषि धमला, कलाकार तथा सञ्चारकर्मी कृष्ण कँडेल, गीतका लय सर्जक खेम सेन्चुरी, शब्द रचनाकार रमेश बिजी, प्रस्तुतकर्ता शम्भु कुँवर, निर्देशक तथा कलाकार शंकर बिसी, मोडल निलम ढुंगाना, गायिका कमला घिमिरे, उनका पिता, गायक अमृत सापकोटा, लोक सञ्चारकर्मी नेपालका उपाध्यक्ष चन्द्रमणि गौतमलगायतले उक्त गीतको संयुक्त रुपमा विमोचन गरेका हुन् ।
पहिलो दोहोरी गीत बाट एकाएक भाइरल बनेकी धादिङकी कमला घिमिरेको स्वरमा रहेको उनको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । कमलाले गाएको पहिलो गीत शुभारम्भ डिजिटल म्युजिक प्रा.ली.को लगानीमा बजारमा आएको हो । कमला घिमिरेसँगै अमृत सापकोटाले उक्त गीतमा गीतमा आवाज दिएका छन्। सापकोटालेनै कमलालाई मिडियामा ल्याएका थिए।
गीतमा नेपालका चर्चित चर्चित मोडलहरूले नृत्य समेत गरेका छन् । शङ्कर बिसीको निर्देशन रहेको भिडियोको छायाङ्कन भने दुर्गा पौडेल र सुरेश श्रेष्ठले गरेका हुन्। भिडियो सम्पादन भने विकास ज्ञवालीले गरेका छन्।
भिडियो हेरौँ :
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


