लोक स्टारमा द्धितिय भएका चेतन गोतामेले दिए सबैलाई धन्यवाद ।
आँधीखोला खबर/स्याङ्जा :
पहिलो आईएमई लोक स्टारमा द्धितिय हुन सफल स्याङ्जाली गायक चेतन गोतामेले सबैलाई धन्यवाद दिनुभएको छ । उहाँले भन्नुभयो, “ आदरणीय भगवान रुपि आमा बुवा दाजुभाइ दिदी बहिनी आफन्त इष्टमित्र शुभचिन्तक सबैप्रति हार्दिक आभार प्रकट गर्दछु ।”
फेसबुकमा स्टाटसमा गोतामेले भन्नुभएको छ :
“तेती सजिलो थिएन गन्तव्यमा पुग्न के तिज, के दशै, के तिहार सबै चार्डपर्ब, भोक, तिर्खा, निन्द्रा सबै त्यागेर मलाइ मौलिक लोक सँगितको सँरक्षण गर्न योग्य ठानेर मलाइ यति धेरै माया गरि IME NEPAL LOK STAR को दोस्रो स्थान सम्म पुर्याउनु हुने समस्त आदरणीय भगवान रुपि आमा बुवा दाजुभाइ दिदी बहिनी आफन्त इष्टमित्र शुभचिन्तक सबैप्रति हार्दिक आभार प्रकट गर्दछु ।”
गोतामे शुक्रबार भएको प्रतियोगिताको ग्राण्ड फिनालेमा फस्ट रनरअप बन्नु भएको थियो । उहाँले नगद २५ लाख सहित बिभिन्न पुरस्कारहरु पाउनु भएको छ ।
‘नेपाल लोक स्टार’ को बिजेता भने रोल्पाका शनि विश्वकर्मा बन्नुभएको थियो । उहाँले नगद ५० लाख सहित बिभिन्न पुरस्कार पाउनु भएको छ । सेकेन्ड रनरअप हुँदै बिनोद दनुवारले १० लाख नगद पाउनु भएको थियो भने सान्त्वना हुदै रामकुमार नेपालीले २ लाख सहित बिभिन्न पुरस्कार पाउनु भएको थियो ।
नेपाल लोक स्टारमा निर्णायकको रुपमा वरिष्ठ कलाकार तथा गायक जयनन्द लामा, गायक रामजी खाँड, सुनिता दुलाल र वरिष्ठ संगीतकार बीबी अनुरागी रहेका थिए । अडिसनदेखि विभिन्न राउण्डहरु पार गर्दै नेपाल लोक स्टार को ग्राण्ड फिनालेमा ४ प्रतिस्पर्धी पुग्न सफल भएका हुन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


