स्याङ्जा : दुर्लभ अजिङ्गरलाई स्थानीयको संरक्षण ।
नारायण विश्वकर्मा/गल्याङ् :
गल्याङ नगरपालिका ९ टेक्रेमा फेला परेको दुर्लभ अजिङ्गरलाई स्थानीयले उद्दार गरी संरक्षण गरेका छन् । स्थानीय युवाहरुले असोज २२ गते भेट्टाएको अजिङ्गरलाई नियन्त्रण गरी गेझामा रहेको नवनिर्मित गेजा म्युजिकल होमेस्टेको भवनमा राखेका छन् । भवन भित्र खाना पकाउने ¥याक (किचन ¥याक) मा राखेर अजिङ्गरको संरक्षण गरिएको हो । अजिङ्गरलाई आहाराको रुपमा कुखुरा दिने गरिएको स्थानीयले बताएका छन् । दुर्लभ प्रजातीको अजिङ्गर भेटिएपछि हेर्न जानेहरुको घुइचो लागेको छ ।

जिल्ला वन कार्यालय द्धारा निरिक्षण :
जिल्ला वन कार्यालय स्याङ्जाले अजिङ्गर भएको ठाउँ निरिक्षण गरेको छ । जिल्ला वन कार्यालय स्याङ्जाका प्रमुख डिविजन वन अधिकृत कोमलराज काफ्ले सहितको टोली अजिङ्गर राखिएको स्थानमा पुगेर निरिक्षण गरेको हो । डिभिजन वन अधिकृत काफ्लेले केही समयको लागि स्थानीय वासीलाई नै संरक्षण गर्ने जिम्मा दिइएको बताए । उनले स्थानीय वासीको आकर्षण देखिएको र पुजा समेत गरेर राखिएकाले केही दिनका लागि सोही ठाउँमा राखिने र एक दुई दिन पछि चिडियाखाना वा घना जङ्गलमा छोडिने बताए । अजिङ्गर ओसिलो पाखामा हुने र पानीमा पौडिने प्रजाती भएकाले तराइ क्षेत्रमा धेरै पाइने गरेको उनले बताए । कालीगण्डकी नदीमा पौडिदै उक्त ठाउँसम्म आएको हुने सक्ने प्रमुख काफ्लेको भनाई छ । अजिङ्गर अन्दाजी ३० किलोको रहेको छ ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


