स्याङ्जा सहयोग समाजको तेस्रो विश्व सम्मेलन असोज २५ मा ।
तोलाकान्त बगाले/वालिङ :
स्याङ्जा सहयोग समाज, अन्तर्राष्ट्रिय समन्वय समितिको तेस्रो विश्व सम्मेलन तथा अधिबेशन शनिबार स्याङ्जाको बयरघारीमा हुने भएको छ । शनिबार हुने विश्व सम्मेलन तथा अधिबेशनको सम्पूर्ण तयारी पूरा भएको बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईएको हो ।

‘समृद्ध स्याङ्जाका लागि विश्व अभियान’ भन्ने मुल नाराका साथ हुन लागिरहेको सम्मेलन तथा अधिबेशनले आगामी दुई वर्षका लागि नयाँ कार्य समेत चयन गर्ने बताईएको छ । सम्मेलनमा २० देशबाट राष्ट्रिय समन्वय समितिका १०/१० जनाका दरले प्रतिनिधिहरु सहभागी गराईने बताईएको छ ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुले राखेका जिज्ञाशाहरुको जवाफ दिंदै समाजका अध्यक्ष चन्द्रबहादुर रोकाहाले स्याङ्जा जिल्लाको समग्र विकासका लागि समाज सहकार्य गर्न तयार रहेको बताउनु भयो । उहाँले वैदेशिक रोजगारी वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा रहेका वा विदेश बसेर फर्किएर स्वदेशमै रहेका स्याङ्जा बासीहरुको साझा संस्था स्याङ्जा सहयोग समाज रहेको बताउनु भयो ।

“विदेशी भूमिमा रहेका स्याङ्जा बासीहरुको सहयोग तथा स्वदेशमै विभिन्न अप्ठयारोमा परेकाहरुलाई सहयोग गर्ने उद्धेश्यले समाजको स्थापना गरेका हौं” अध्यक्ष रोकाहाले भन्नुभयो, “हाल यो समाज विश्वका झण्डै २० देशमा सक्रियरुपमा रहेको छ ।”
स्याङ्जा सहयोग समाज, अन्तर्राष्ट्रिय समन्वय समिति स्याङ्जा जिल्लामा जन्म भई बैदेशिक रोजगारीमा रहेका तथा बैदेशिक रोजगारीबाट फर्केर नेपालमा नै विभिन्न पेशा ब्यवसाय गरी बसेका स्याङ्जाबासीहरको गैर सरकारी संस्था हो ।

कार्यक्रममा समाजका संस्थापक अध्यक्ष अनन्तकुमार श्रेष्ठले समाजले विशेषगरी विदेशमा अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्ने, सामुदायिक विद्यालयहरुमा कम्प्यूटर तथा अन्य शैक्षिक सामग्री वितरण, एम्बुलेन्स वितरण, दैवि विपत्तीमा परेकाहरुका लागि राहत वितरण, विदेशमा रहेका स्याङ्जाबासी तथा नेपाली दाजुभाईहरुलाई परामर्श सेवा दिने जस्ता महत्वपूर्ण कार्य गर्दै आएको बताउनु भयो ।
समाजका संरक्षक राजेशदर्शन अर्यालले कतारबाट सन् २००५ मा १४ जनाबाट शुरु भएको संस्था हाल विश्वका २० देशमा फैलिएर स्याङ्जा तथा समग्रमा नेपालीहरुको हक हितमा क्रियाशील रहेको बताउनु भयो । उहाँले आशन्न अधिबेशनमा स्याङ्जा जिल्लाको बृहत्तर हितका लागि कसरी लाग्न सकिन्छ भन्नेमा केन्द्रीत हुने बताउनु भयो ।
समाजका उपाध्यक्ष शालिकराम डुम्रेको स्वागतसँगै शुरु भएको पत्रकार सम्मेलन अध्यक्ष चन्द्रबहादुर रोकाहाको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन महासचिव ख्यामनारायण काफ्लेले गर्नु भएको थियो । पत्रकार सम्मेलनको संयोजन पत्रकार महासंघ युएइका अध्यक्ष भुपराज बश्यालले गर्नु भएको थियो ।
पत्रकार सम्मेलनको दृश्य हेर्नुहोस् भिडियोमा :
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


