विश्वकप फुटबल छनोटमा नेपाल र अष्ट्रेलिया भिड्दै

 फिफा विश्वकप फुटबल छनोटअन्तर्गत् आफ्नो तेस्रो खेलमा नेपालले बिहीबार अष्ट्रेलियासित खेल्दैछ ।

खेल नेपाली समयानुसार दिउँसो पौने ३ बजे अष्ट्रेलियाको राजधानी क्यानबेरामा सुरु हुनेछ ।

लगातार विश्वकप फुटबलको अनुभव बटुलेको कठिन टोली अष्ट्रेलियाविरुद्ध उसैको मैदानमा हुने खेल नेपालका लागि निकै चुनौतीपूर्ण रहेको छ ।

खेलअगाडि बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक योहान कालिनले आफ्नो टोलीले राम्रो प्रदर्शन गर्नेमा पूरा विश्वास रहेको बताएका छन् ।

फिफा वरीयतामा नेपाल १६१औं स्थानमा छ भने अष्ट्रेलिया ४४औं स्थानमा रहेको छ ।

विश्वकप छनोटको पहिलो खेलमा कुवतेसित ७–० को हार भोगेको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई २–० ले हराएको थियो ।

अष्ट्रेलियाले भने अहिलेसम्म खेलेको एकमात्र खेलमा कुवेतलाई ३–० ले हराएको छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP