आँधीखोला गाँउपालिकाले मनायो संविधान दिवस ।
आँधीखोला खवर/आँधीखोला :
संबिधान दिवसको अवसर पारेर आधीखोला गाउपालिकाले बर्तमान संबिधान र आजको शिक्षा बिषयक माध्यमिक बिद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गरेको छ । प्रतियोगितामा सेपत माविका सगुन परियार प्रथम, जनप्रदिप माविका अनिषा क्षेत्री द्धितिय, श्रवण माविका गंगा शर्मा तृतीय र सेपत माविका सदिक्षा क्षेत्री सान्तवना हुनु भएको छ ।

७ बिद्यालयका १३ छात्रछात्रा सहभागि रहेको प्रतियोगिता कार्यक्रमको उदघाटन गर्दे नेकपा नेता एवं पूर्व कृषिमन्त्री त्रिलोचन ढकालले दिवसका अवसरमा यस्ता रचनात्मक कार्यक्रमले बालबालिकाको मानसिक क्षमता र दक्षता बृद्धि हुने बताउदै यस्ता कार्यक्रमको निरन्तरताका लागि शुभकामना ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेकपाका देवबहादुर क्षेत्री र देवेन्द्र गुरुङ लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो । गाउपालिकाका अध्यक्ष सुधिरकुमार पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शर्मिला पौडेलले स्वागत एवं सवइन्जिनियर सुन्दर पौडेलले संचालन गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


