एनआरएनए केन्यामा डुम्रे ।
गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, केन्याको चौथो राष्ट्रिय महाधिवेशनले सुरज डुम्रेको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

उपाध्यक्ष शिव लाल, महासचिव टीका धिताल, सचिव लक्ष्मी ब्लोन, कोषाध्यक्ष यज्ञमणि (भरत) रेग्मी, महिला संयोजक कुमारी जिसी, युवा संयोजक कमलराज अधिकारी चयन भएका छन् ।
सदस्यहरु डा. सीताराम घिमिरे, इन्जिनियर बरुण शुवाल, मनोज बस्नेत, रवी जैन, भगवती तामाङ, प्रभाकर भण्डारी, गणेश कामी र लक्ष्मण गैरे रहेका मुख्य निर्वाचन अधिकृत नारायण भट्टाराईले बताए । संरक्षक ईन्जिनियर कुलबहादुर कार्की, नारायण भट्टराई र उदय हाडा छन् ।
सल्लाहकार समितिमा कृष्णदत्त भट्ट, खेम पौडेल, धनेद्र बस्नेत र कृष्ण गैरे चयन भएका छन् । केन्यामा झन्डै ५ सय नेपाली कार्यरत छन् । कान्तीपुर दैनिकबाट
समाचार
थप सामाग्री
स्याङ्जा : भारतीय नम्बर प्लेटको कार दुर्घटना,तीन जना घाइते
३ दिन अगाडि
वालिङ : सिदार्थ राजमार्गअन्तर्गत स्याङ्जाको गल्याङ नगरपालिका–३ बरनडाँडा खोलामा भारतीय कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् जसमध्ये एक…


