बास्कोट आधारभुत बिद्यालयले मनायो बार्षिकोत्सव
आँधीखोला खवर/आँधीखोला,
आँधिखोला गाउँपालिका ५ मा रहेको बास्कोट आधारभुत बिद्यालयको ४१ औ बार्षिकोत्सब एवं अभिभावक दिवस एक कार्यक्रमका बिच सम्पन्न भएको छ । कार्यक्रममा समाजसेवी कुलानन्द शर्माले बिद्यार्थी, शिक्षक र अभिभावकको त्रिकोणात्मक सम्बन्धबाट मात्र शिक्षाको गुणस्तरमा बृद्धि हुने बताउनुभयो । कार्यक्रममा अभिभावक मेघनाथ पौडेल, मायाँ नेपाली, शिब नेपाली, मिना पौडेल, शिक्षक डोल बहादुर थापा लगायतले मन्तब्य राख्नु भएको थियो । बार्षिकोत्सबमा कमलापती शर्मा आफ्नो बुवा र आमाको सम्झना १५ हजार ५ सय १५, बलबहादुर थापाले १२ हजार ५ सय, मेघना पौडेलले बाबुको स्मृतिमा ६ हजार ५ सयको अक्षय कोष स्थापना गर्नु भएको थियो । त्यस्तै खड्क बहादुर जंगलीले बिद्यालयलाई २ थान कम्प्युटर प्रदान गर्नु भएको थियो । त्यस्तै बार्षिकोत्सबमा २०७५ सालको बार्षिक पुरस्कार बितरण समते गरिएको थियो । बार्षिकोत्सबमा प्रधानाध्यापक निलकण्ठ शर्माले बार्षिक प्रतिबेदन गर्नु भएको थियो । बिद्यायका ब्यवस्थापन समिति अध्यक्ष कमलापति शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षक धु्रब राज ढकालले गर्नु भएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


