क्यान महासंघ स्याङ्जाको अध्यक्षमा अर्याल ।
आँधीखोला खवर/वालिङ :
कम्प्युटर एसोसिएसन महासंघ स्याङ्जाको अध्यक्षमा वालिङ टेलिभिजनका प्रबन्धक निर्देशक मणि प्रसाद अर्याल चयन हुनु भएको छ । कम्प्युटर एसोसिएसन महासंघ स्याङ्जाको नवौँ साधारण सभा तथा पाचौँ अधिवेशनले अर्याललाई अध्यक्षमा चयन गरेको हो । अयार्यल महासंघको निर्वतमान उपाध्यक्ष समेत रहनुभएको थियो । अर्यालको अध्यक्षतामा नौ सदस्यिय कार्यसमित गठन गएिको छ । महासंघको उपाध्यक्षमा उमेश गुरुङ, सचिवमा पदम प्रसाद पराजुली र कोषाध्यक्षमा देवेन्द्र थापा चयन भएका छन । त्यस्तै संस्थाको सदस्यहरुमा धुव्र प्रसाद सुवेदी, दिपक पौडेल, विर बहादुर क्षेत्री, गोविन्द गैहे र राजु गैरे रहेका छन ।

कार्यक्रममा वालिङ नगरपालिकाका नगर प्रमुख दिलिप प्रताप खाणले नव गठित कार्यसमितिलाई बधाई दिदै नयाँ कार्यसमितिले नगरपालिकाले सुरुवात गरेको आईसिटी क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउन सहयोग गर्ने अपेक्षा रहेको बताउनु भयो । त्यसै गरी कार्यक्रममा बोल्दै विशिष्ट अतिथि क्यान महासंघका केन्द्रिय सचिव तथा क्यान कास्कीका संस्थापक अध्यक्ष जगन गुरुङ, केन्द्रिय सदस्य अशोक बाबु राना, गण्डकी प्रदेश सदस्य चिन्तामणि बास्तोला र क्यान कास्कीका पुर्व अध्यक्ष चण्डि अर्यालले नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । सोही अवसरमा अध्यक्ष अर्यालले क्यान स्याङ्जाले आईटी क्षेत्रमा स्याङ्जालाई प्रविधि मैत्रि बनाउन पूर्ण रुपमा सहयोग गर्ने बताउनु भएको थियो ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


