स्याङ्जा जिल्ला अस्पतालमा एपेन्डिसाइटिसको पहिलो पटक शल्यक्रिया ।
स्याङ्जा- जिल्ला अस्पताल स्याङ्जामा पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया भएको छ। अस्पतालमा मंगलबार २६ वर्षिया माया रोकाको शल्यक्रिया गरिएको हो।

पुतलीबजार– ५ नयाँबाजरकी रोकाको एपेन्डिसाइटिसको डा नारायण बहादुर गोदार नेतृत्वको टोलीले सफल शल्यक्रिया गरेको हो। उपचार टोलीमा मेडिकल अधिकृत डा निरज पौडेल, डा प्रतिक शर्मा गैरे, नर्स अप्सरा भण्डारी र प्रमिला कार्की थिए।
शल्यक्रियापछि बिरामीको अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सक डा पौडेलले जानकारी दिए। उनका अनुसार एपेन्डिसाइटिसको शल्यक्रिया ‘एपेन्डेक्टोमी’ जिल्लामै पहिलो पटक भएको हो।
यसअघि अस्पतालमा एपेन्डिसाइटिस भएका बिरामीलाई शल्यक्रियाका लागि पोखरा वा अन्य अस्पतालमा रेफर गर्नुपर्ने अवस्था थियो। डा पौडेलका अनुसार आगामी दिनमा यस्ता सेवा अस्पतालमा नै सहज रुपमा उपलब्ध हुनेछन्।
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
२ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


