स्याङ्जामा माछा मार्ने क्रममा २ को मृत्यु ।
रोशन लामिछाने/स्याङ्जा :
स्याङजाको विभिन्न स्थानमा माछा मार्ने क्रममा दुई जनाको ज्यान गएको छ । माछा मार्ने क्रममा मृत्यु हुनेमा फेदीखोला गाउपालिका–२, कुखुरे खोलाका ६२ वर्षीय पूर्णबहादुर खड्का र पुतलीबजार नगरपालिका–१०, राङखोला बस्ने ४२ वर्षीय मनबहादुर थापा रहेको प्रहरीले जनाएको छ । खड्काको कुखुरे खोलामा जाल हान्ने क्रममा चिप्लीएर मृत्यु भएको र थापाको माछा मारेर खोला तर्ने क्रममा खोलाले बगाउदा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रहरी नायव उपरिक्षक नविन कृष्ण भण्डारीले जानकारी दिनुभयो । मृतक खड्का र थापाको पोष्टमार्टमको लागि जिल्ला अस्पताल स्याङजामा लगिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी नायव उपरिक्षक भण्डारीले जानकारी दिनुभयो । खड्काको घर अगाडि रहेको कुखुरे खोलामा र थापाको पुतलीबजार नगरपालिका ११ र १३ को सिमानामा रहेको गैरिजागर स्थित अाँधिखोलामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री
मलाई विश्वास गर्ने सम्पूर्ण मतदातामा धन्यवाद : भागवत प्रकाश मल्ल
५ दिन अगाडि
स्याङ्जा : नेपाली कांग्रेसको तर्फबाट स्याङ्जा २ मा उमेद्वारी दिनु भएका भागवत प्रकाश मल्लले आफूलाई विश्वास गरेर मतदान गर्नु हुने…


