स्याङ्जा सहयोग समाज साउदी अरबले गर्यो मिर्गाैला रोगी खवासलाई दोस्रो पटक आर्थिक सहयोग ।
आँधीखोला खवर/साउदी अरव :
स्याङ्जा सहयोग समाज साउदी अरबले स्याङ्जाको वालिङ १४ का मिर्गाैला रोगी दिपक खवास (चुरा बहादुर )लाई दोस्रो पटक आर्थिक सहयोग गरेको छ । घरको आर्थिक स्रोतले उपचार गर्न नभ्याउने भन्दै परिवारले सहयोग गरिदिन समाजलार्ई अनुरोध गरेपछि रकम संकलन गरी प्रदान गरिएको समाजका अध्यक्ष बालकृष्ण पंगेनीले जानकारी दिनुभयो ।

समाज साउदी अरवका उपाध्यक्ष दिनेश श्रेष्ठ सदस्य राजु श्रेष्ठ ,सस्थाका सनैया क्षेत्रीय अध्यक्ष टिकाराम भुषाल , सचिव काजी थापा , सदस्य राजन गैह्रेको र दमाम क्षेत्रीय अध्यक्ष दिपक खाँणको सक्रियतामा ३६ हजार ४ सय ३० सहयोग गरिएको समाजले जनाएको छ ।
विभिन्न व्यक्तीले गरेको सहयोगमा स्याङ्जा सहयोग समाज साउदी अरवको आपत्कालीन कोषबाट केही रकम थप गरी बिरामीका परिवार लाई पठाईएको सस्थाका महासचिव टिका के सी ले जानकारी दिनुभयो ।
सस्थाका अध्यक्ष बालकृष्ण पंगेनीले भन्नुभयोे, “दुवै मिर्गाैलाले काम नगरे पछि दिपक खवासले झन्डै तीन वर्ष देखी उपचार गराउदै आउनु भएको छ ।” घरको अवस्था नाजुक रहेकाले आर्थिक सहयोग गरिएको उहाँले स्पष्ट पार्नु भयो ।
समाजले यस अघि पनि विरामी खवासलाई रु ६२ हजार सहयोग गरिसकेको अध्यक्ष पंगेनीले जानकारी दिनुभयो ।

सहयोगदाताको विवरण :
१) स्याङ्जा सहयोग समाज साउदी रियल- ५००
२) सन्दीप खाँड साउदी रियल- १००
३) काजी थापा साउदी रियल- १०१
४) राम खवास साउदी रियल- १००
५) इश्वर मगर साउदी रियल- ५१
६) राजु श्रेष्ठ साउदी रियल- ५०
७) मिन बा मिजार साउदी रियल- ५०
८) राजिन मिजार साउदी रियल- ५०
९) बाल कृष्ण पगेनी साउदी रियल- ५०
१०) दिपक खाँड ठकुरी साउदी रियल- ५१
११) टीका के:सी साउदी रियल- ५०
१२) मोहन बहादुर एस.के. साउदी रियल- ५०
१३) टीका राम भुसाल साउदी रियल- ५१
१४ ) राजन गैरे साउदी रियल- २०
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


