नेपाली सहयोगी हातहरु युएईको दोश्रो अधिवेशन सम्पन्न ।

आँधीखोला खवर/युएई
नेपाली सहयोगी हातहरु युएईको दोश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सन् २०१९—२०२१ कार्यकालका लागि १५ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको हो । दुबई स्थित ग्राण्ड फच्र्युन होटलमा भएको कार्यक्रममा रोजगारको शिलशिलामा युएईमा रहेका नेपालीहरुको सहभागिता रहेको थियो । अधिवेशनले राजु भुर्तेलको अध्यक्षतामा नयाँ कार्य समितिको गठन गरेको हो । जसको बरिष्ठ उपाध्यक्षमा नारायण ढकाल रहनु भएको छ । त्यस्तै उपाध्यक्षमा विष्णुमाया पाण्डे, महासचिवमा दीपककुमार शिवाकोटी, सचिवमा विष्णु भुषाल,कोषाध्यक्षमा विजय अधिकारी र सहकोषाध्यक्षमा विष्णु कुमाल चयन हुनु भएको छ ।


समितिका सदस्यहरुमा नरसिंह थापा, नुन बहादुर आले,पार्वती पुन,नारायण प्रसाद सुवेदी, राम भण्डारी, दिलसिंह गुरुङ्ग,रीमा लामा, प्रकाश ढकाल रहनु भएको छ ।
अधिवेशनले ७ सदस्यीय सल्लाहकारको समेत गठन गरेको छ । नेपाली सहयोगी हातहरु युएईको संरक्षक थमनबहादुर आले र विशिष्ट सल्लाहकारमा श्री कृष्ण पौडेल रहनु संस्थाले जनाएको छ ।
त्यस्तै अन्य सल्लाहकारहरुमा परशुराम धिमिरे, लक्ष्मी भट्टराई,मनिश पौड्याल,शन्तोश शिवाकोटी र जमुना अधिकारी रहनु भएको नवनिर्वाचित बरिष्ठ उपाध्यक्षमा नारायण ढकालले जानकारी दिनुभयो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP