स्याङ्जाका ९७ वडामा कांग्रेसको अधिवेशन सम्पन्न
स्याङ्जा
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जाका ९७ वटै वडामा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट वडा समितिको नेतृत्व चयन गरिएको छ ।
जिल्लाका ११ स्थानीय तहअन्तर्गत ९७ वडामध्ये ९६ वडामा निर्विरोध वडा समिति चयन भएको र एक वडामा निर्वाचन भएको नेपाली कांग्रेस स्याङ्जाका जिल्ला उपसभापति केदार काफ्लेले बताउनुभयो ।
वालिङ नगरपालिका–१३ मा निर्वाचनमार्फत वडा समिति चयन गरिएको हो । वडा सभापतिमा ईश्वरी गैरे निर्वाचित हुनुभएको छ । गैरेले १०० मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी राजकुमार गैरेले ४० मत प्राप्त गर्नुभएको थियो । जिल्लाका सबै वडामा क्षेत्रीय प्रतिनिधिसमेत सहमतिका आधारमा चयन भएको काफ्लेले बताउनुभयो ।
जिल्लाका ९७ वडामध्ये पुतलीबजार नगरपालिका–४ मा मात्र महिला वडा सभापति चयन हुनुभएको छ । उक्त वडामा लीलावती पौडेल निर्विरोध वडा सभापति चयन हुनुभएको हो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


