स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
स्याङ्जा :
स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन्।
गल्याङबाट गल्याङ नगरपालिका वडा नम्बर ९ साङलियातर्फ जाँदै गरेको ग १ ज ६५३४ नम्बरको बोलेरो जिप उकालो घुम्तीमा अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
प्रहरी घटनास्थल पुग्नुअघि नै स्थानीयले केही घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाएकाले जिपमा जम्मा कति जना सवार थिए भन्ने यकिन हुन बाँकी छ। दुर्घटनाका घाइतेहरूलाई उद्धार गरी उपचारका लागि नजिकैका अस्पतालहरूमा पठाइएको छ।
दुर्घटनाको खबर लगत्तै इलाका प्रहरी कार्यालय गल्याङ र ट्राफिक प्रहरीको ७ जनाको टोली उद्धारमा खटिएको थियो। दुर्घटनाको थप अनुसन्धान र उद्धारका लागि वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी नायब उपरीक्षक (DSP) प्रताप पौडेलको कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थल पुगेको छ।
मृतक तथा घाइतेहरूको पहिचान खुलाउने र अस्पताल पुगेर घाइतेहरूको विस्तृत विवरण सङ्कलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी छ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


