बुबाको हत्या आफ्नै छोराले गरेको खुलेपछि …
स्याङजा : बुवाको हत्यामा आफ्नै साहिंला छोराको संलग्नता देखिएपछि प्रहरीले ३६ बर्षीय तोरण कार्कीलाई कारागार पठाएको छ ।
७१ बर्षीय बुवाको हत्या आरोपित कार्कीलाई बिहीबाार साँझ पूर्वक्षका लागि कारागार चलान गरिएको छ ।
घटना पुतलीबजार नगरपालिका–७ बाचपुरमा फागुन २ गतेको हो । साँझको खाना खाइवरी सुतेका तुलबहादुर भोलिपल्ट बिहान मृत भेटिएका थिए । छोरा कार्कीलाई नियन्त्रणमा लिएको प्रहरीले त्यसपछि घटनालाई सुक्ष्मरुपमा अनुसन्धान अगाडि बढायो ।
कार्की सोही दिन बाचपुरबाट पक्राउ परेका थिए । कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । अनुसन्धान प्रक्रिया पुरा गरी बिहीबार अदालतमा उपस्थित गराइएका तोरणलाई अदालतकै आदेश बमोजिम पुर्पक्षका लागि जिल्ला कारागार स्याङ्जा चलान गरिएको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


