सवारी दुर्घटनापछि विवाद हुँदा तीन जना घाइते, एक पक्राउ
स्याङ्जा :
स्याङ्जाको वालिङमा दुई सवारी साधन एक आपसमा ठोक्किएको घटनापछि विवाद हुँदा तीन जना घाइते भएका छन् भने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वालिङ नगरपालिका–८ जैसिपधेरास्थित होटल रोयल अगाडि सिद्धार्थ राजमार्गमा शनिबार राति वालिङबाट बयरघारी तर्फ जाँदै गरेको ग १४ प ९४५० नम्बरको स्कुटर र विपरित दिशा तर्फ जाँदै गरेको लु ६८ प ५३४२ मोटरसाईकल एक आपसमा ठोक्किएका प्रहरीले जनाएको छ ।
दुर्घटना पश्चात दुबै पक्षबिच झै–झगडा हुदाँ स्याङजाको वालिङ–८ का ३० वर्षीय अजिम खान, भिरकोट नगरपालिका–१ का ३२ वर्षीय अनुप श्रेष्ठ र सोही ठाउँका ४० वर्षीय राम सेन ठकुरी घाइते भएका हुन् । घाइतेमध्ये श्रेष्ठ र ठकुरीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । खान भने उपचारपछि घर फर्कनु भएको छ ।
दुर्घटना पश्चात विवाद गर्ने मध्ये भिरकोट–२ का २४ वर्षीय चन्दन केसीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।
घाइतेहरुको गह्रौं प्राथमिक अस्पताल वालिङमा प्राथमिक उपचार गरी पोखरा पठाइएको र दुर्घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

समाचार
थप सामाग्री-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
२ हप्ता अगाडि
आँधीखोला खबर समाचारदाता/स्याङ्जा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्याङ्जा क्षेत्र नं. १ बाट २७ वर्षीय युवा राजनीतिकर्मी सन्देश लम्सालले युवातर्फको…


