स्याङ्जामा ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु चार घाईते ।
स्याङ्जा :
स्याङ्जाको वालिङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका–७ धोडेपानी स्थित वालिङ–चापाकोट पक्कि सडकखण्डमा वालिङबाट ढुङ्गा लिई चापाकोट तर्फ जाँदै गरेको लु. ३ त. ५१७३ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी स्याङ्जाको वालिङ–७ केवरका ६५ बर्षीय डोलराज कोईराला र कैलालीको टिकापुर ७ का ३५ बर्षीय राज कुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो । उनीहरुलाई वालिङ प्राथमिक अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेको उहाँको भनाई छ ।
दुर्घटनामा परी ट्याक्टर चालक पश्चिम नवलपरासी सरल गाउँपालिका १ आनन्दनगर का २८ बर्षीय लाल बहादुर सुनार,कैलाली लम्की–५ पांचचौरका २२ बर्षीय श्याम चौधरी, सोही ठाउँका ३९ बर्षीय लक्ष्मण चौधरी र दाङको राप्ती गा.पा. ५ का ३५ बर्षीय हुकुम बहादुर दर्लामी मगर घाईते भएका प्रहरीको भनाई छ । उनीहरुलाई उपचारका लागि पोखरा पठाईएको छ ।
ट्याक्टर आफै अनियन्त्रित भई सडक देखि अन्दाजी १० मिटर तल खोल्सामा खस्न जाँदा दुर्घटना हुन पुगेको प्रहरीको भनाई छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


