स्याङ्जाको अर्जुनचौपारी–२ जिल्लामै पहिलो
प्रकाश डोटेल/स्याङ्जा :
आर्थिक वर्ष २०८१/०८२ को स्वास्थ्य मूल्याङ्कनमा अर्जुनचौपारी गाउँपालिका–२ जिल्लामै पहिलो बनेको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले सार्वजनिक गरेको मूल्याङ्कनमा अर्जुनचौपारी–२ को स्वास्थ्य चौकी ९०.४ अङ्कसहित पहिलो भएको हो ।
मूल्याङ्कनमा जिल्लाका ९७ वडामध्ये ८९.८ अङ्कसहित बिरुवा गाउँपालिका–१ बिरुवा बजारको बिरुवा स्वास्थ्य चौकी दोस्रो र भीरकोट नगरपालिका–६ खिलुङ देउराली स्वास्थ्य चौकी ८९.५ अङ्कसहित तेस्रो बन्न सफल भएको जनस्वास्थ्य प्रशासक केशवप्रसाद चापागाईले जानकारी दिए ।
स्वास्थ्य सूचकका अनुसार उत्कृष्ट कार्यसम्पादन गर्ने संस्थाहरूलाई जिल्ला स्तरीय वार्षिक स्वास्थ्य समीक्षामा सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले सम्मान–पत्र प्रदान गरेका थिए । त्यस वअसरमा स्वास्थ्य सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउन पौडेलले आग्रह गरे ।
समुदायमै पुगेर सेवा विस्तार र गुणस्तर अभिवृद्धिको लक्ष्य तय गरेको जनस्वास्थ्य कार्यालयले हरेक वर्ष विभिन्न सूचकका आधारमा स्थानीय तहका स्वास्थ्य गतिविधि मूल्यांकन गर्दै आएको छ । स्थानीय पालिकाहरुले स्वास्थ्य चौकीमार्फत सेवाग्राहीलाई विभिन्न रचनात्मक सुविधाहरु प्रदान गर्दै आएका छन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


