स्याङ्जा : उमेर नपुग्दै बिहे गर्नेको सङ्ख्या उच्च
स्याङ्जा :
सरकारले बिहे गर्ने समय नै तोकेर कानुनी हिसाबले बिहेबारी २० वर्षपारि भनेको छ । २० वर्षपश्चात् गरिएको बिहेबारीलाई महिलाको शारीरिक र मानसिक रूपमा बच्चा जन्माउन तयार हुने भनी लिइएको छ । स्याङ्जामा भने उमेर नपुग्दै बिहे गर्नेको सङ्ख्या उच्च रहेको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाको तथ्याङ्कमा देखिएको हो । यहाँ आर्थिक वर्ष २०८१/८२ मा दुई हजार ५५९ जनाले गर्भ जाँच गराएकामा २१० जना अर्थात् ८.२० प्रतिशत २० वर्षमुनिका रहेका थिए ।
गर्भ जाँच गराएकामा सुरक्षित प्रसूति सेवा ८८२ जनाले लिएको र ९२४ जनाले सुरक्षित गर्भपतन गरेको प्रदेश जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रशासक केशव चापागाईंले जानकारी दिनुभयो ।
सुरक्षित प्रसूति सेवा लिनेमध्ये २० वर्षभन्दा कम उमेरका १०९ अर्थात् १२.३५ प्रतिशत रहेका छन् भने ४३ जना (४.३५ प्रतिशत) २० वर्षमुनिकाले गर्भपतन गराएको चापागाईंले बताउनुभयो । यो तथ्याङ्कमा हेर्दा २० वर्ष नपुग्दै बिहे गर्नेको सङ्ख्या अत्यधिक रहेको देखिएको चापागाईंले बताउनुभयो ।
सुरक्षित प्रसूति सेवा लिनेमा दक्ष प्रसूतिकर्मीबाट ६९५ जना, दक्ष स्वास्थ्यकर्मीबाट १६८ जना, अन्य स्वास्थ्यकर्मीबाट १३ जना र छ जना घरमै प्रसूति सेवा लिने रहेका छन् । यस्तै गर्भपतन गराउनेमध्ये १२ हप्तामुनिको मेडिकलबाट ८४१ जना, सर्जिकलबाट ८१ जनाले गराएका छन् भने १२ हप्तामाथिको सर्जिकलबाट दुई जनाले गर्भपतन गराएका छन् ।
सुरक्षित प्रसूति सेवा र गर्भपतन जिल्ला अस्पताल, पालिकास्तरका छ वटा अस्पताल, दुई प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्र गरेर १२१ स्वास्थ्य संस्थाबाट सेवा दिइएको छ । gorkhapatra daily
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


