ब्युटिसियनको सिप विकासका लागी नेल आर्ट सम्बन्धी तालिम
वालिङ :
स्याङ्जाको वालिङमा ब्युटिसियनको सिप विकासका लागी नेल आर्ट सम्बन्धी १० दिने तालिम सम्पन्न भएको छ । ब्युटिपार्लर एशोसियसन स्याङ्जाको आयोजना तथा वालिङ नगरपालिकाको सहयोगमा मंगलबारदेखि ब्युटिसियसन सम्बन्धी सिप विकास तालिम अन्र्तगत नेल आर्ट तालिमको विहिबार नगरपालिका सभाहलमा समापन गरिएकोे हो । तालिमको समापन गर्दै वालिङ नगरपालिका उपप्रमुख कविता तिवारी गैह्रेले महिलाहरुलाई उद्यमशीलतर्फ अभिप्रेरित गर्न यस्ता तालिमहरुले महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो ।
ब्युटिसियन पेशा पनि एक मर्यादित पेशा भएकाले यसबाट धेरै दिदिबहीनीहरुले राम्रो आयआर्जन गरेको बताउनुभयो । कार्यक्रममा वडा नं. ८ का अध्यक्ष दामोदर तिवारी, कार्यपालिका सदस्य युगमाया तिवारी, ब्युटिपार्लर एशोसियसन गण्डकी प्रदेश सदस्य तथा निर्वतमान जिल्ला अध्यक्ष पुष्पा अर्याल, ब्युटिपार्लर एशोसियन स्याङ्जाका संस्थापक अध्यक्ष दुर्गा थापा, वालिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगानातिवारी, प्रशिक्षक संगिता गुरुङ, प्रशिक्षार्थी मन्जु भण्डारीलगायतले बोल्नुभएको थियो ।
समग्र ब्युटिसियनहरुको दक्षता तथा क्षमता विकास गरी थप व्यवसायिक रुपमा अगाडि बढाउन संस्थाले आगामि दिनमा थप कार्यक्रमको आयोजना गर्दै जाने ब्युटिपार्लर एशोसियसनका अध्यक्ष पमिला गुरुङले बताउनुभयो । कार्यक्रम अध्यक्ष गुरुङ्को अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत कोषाध्यक्ष अरुणा थापा, संचालन सचिव नबिना गुरुङले गर्नुभएको थियो । नगरपालिकामा दर्ता भएका २० ब्युटिपार्लरका २० जना ब्युटिसियनहरुको सहभागिता रहेको तालिममा ब्युटिसियन संगिता गुरुङले प्रशिक्षण दिनुभएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


