महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
वालिङ :
स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोग र दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भईरहेको परियोजनाले साना किसानलाई उद्यमशीलतामा जोड्न सफल भएको हो ।
नगरपालिकामा आयोजना गरिएको परियोजना अनुगमन तथा समन्वय समितिको बैठक तथा छलफलमा क्रममा परियोजनाका क्रियाकलाप साना तथा महिला कृषक सम्म पुगेको जानकारी गराईएको हो ।
नगरपालिकाका एक हजार ६ सय घर परिवारलाई उद्यामशीलतामा जोड्ने योजना सहित सुरु गरिएको परियोजना अन्तर्गत अहिले सम्म एक हजार तीन सय जना घर परिवार आवद्ध भईसकेको परियोजनाका संयोजक राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो ।
साना किसानको गोठ सुधार,बाख्राको नस्ल सुधार बेमौसमी तथा मौसमी तरकारी खेती र बजारीकरण लगायतका विषयमा काम गर्दै आएको छ ।
समीक्षा कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खांणले कार्यक्रम सुरु भएको छोटो अवधीमा नै उत्कृष्ट काम गर्न सफल भएको बताउनु भयो । नागरिक समक्ष पुग्ने कार्यक्रम भएकाले उद्यमशीलताको विकासमा सहयोगी भएको बताउनु भयो ।

साना किसानलाई उत्पादनमा जोड्न सके मात्रै नागरिक आर्थिक रुपमा सबल र सक्षम हुने नगरप्रमुख खांणको भनाई छ । पालिकाले विभिन्न साझेदार संघसंस्थासँग मिलेर आर्थिक रुपमा सवल बनाउने काम गरिरहेको प्रमुख खांणले बताउनु भयो ।
कार्यक्रममा बोल्ने वडा अध्यक्षहरुले परियोजनालाई १४ वटै वडामा बिस्तार गर्न सुझाव दिएका छन् । वडा नं. १ वडा अध्यक्ष तथा नगरप्रवक्ता पदमराज गुरुङले वडा तहका साना किसान तथा महिलालाई उद्यमशीलतामा जोड्न सहयोगी भएको बताउनु भयो ।
सो अवसरमा वडा अध्यक्षहरु पोतप्रसाद लम्साल,भीम बहादुर गुरुङ,छबिलाल आले,श्यामकृष्ण श्रेष्ठ, पाण्डुकुमार थापा लगायतले महिलालाई उपार्जनमा जोड्न कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । उहाँहरुले कार्यक्रमको प्रभावकारिता रहेको भन्दै १४ वटै वडामा सञ्चालन गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नगरउपप्रमुख कविता तिवारी गैह्रे, प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी, विभिन्न वडाका वडा अध्यक्ष लगायतले कार्यक्रमको बारेमा बोल्नु भएको थियो । छलफलमा कार्यपालिका सदस्यहरु,विभिन्न शाखाको प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।
सो अवसर चालु आर्थिक बर्ष २०८१/८२ को फागुन सम्ममा गरिएका क्रियाकलापको बारेमा जानकारी गराईएको परियोजनाका संयोजक राधाकृष्ण डुम्रेले जानकारी दिनुभयो ।


समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


