स्याङ्जा महोत्सवको तयारी पूरा, मंगलबार भव्य कार्यक्रमका बीच सुरु हुने ।

स्याङ्जा :
स्याङ्जा महोत्सवको तयारी पूरा भएको छ । मंगलबार सुरु हुने सातौं चरणको महोत्सवको तयारी पुरा भएको आयोजक स्याङ्जा उद्योग वाणिज्य संघका अध्यक्ष महादेव श्रेष्ठले जानकारी दिनु भयो । महोत्सव मंगलबारबाट १८ गतेसम्म स्याङ्जा सदरमुकाममा अवस्थित मालेबगरमा संचालन हुने छ ।
महोत्सवमा दुई सय भन्दा धेरै स्टल हुनेछन् महोत्सव ३ लाख ५० हजारभन्दा बढि दर्शकले मेला अवलोकन गर्ने र करिब ८ करोड बरावरको व्यापारिक कारोबार हुने अपेक्षा गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
‘स्याङ्जा महोत्सवको आधार–कृषि, पर्यटन नै आर्थिक समृद्धिको पूर्वाधार’ भन्ने नाराका साथ आयोजना गरिएको महोत्सवको उद्घाटन नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गर्ने उद्घाटन गर्ने कार्यक्रम रहेको संघले जनाएको छ ।
महोत्सवस्थलमा कृषिजन्य र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न ताजा तरकारी, अर्गानिक कफी तथा सुन्तला प्रदर्शनी र हस्तकला प्रदर्शनी हुने आयोजकले जनाएको छ ।
यसैगरी राष्ट्रिय स्तरका चर्चित कलाकारहरूको स्टेज सो, बाल उद्यान, लोक दोहोरी गीत, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, पञ्चेबाजा प्रतियोगिता, रितिरिवाज झल्कने मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम महोत्सव अवधिभर संचालन हुने बताईएको छ ।
विशेष मनोरञ्जनात्मक कार्यक्रम अन्तर्गत परम्परागत रत्यौली गित प्रतियोगिता, मम्मी डान्स (एकल आमा नृत्य) प्रतियोगिता, लोक भजन प्रतियोगिता, ख्याती प्राप्त कलाकारहरुबाट दैनिक प्रस्तुती, सुगम संगित, लाईभ कन्सर्ट लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरुको रुपमा प्रस्तुती रहने छन् ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP