ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

भीरकोट :

भीरकोट जेसीजको आयोजनामा  जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । भीरकोट नगरपालिका १  बयरघारीमा भएको  प्रतियोगितामा सी लेभल डबल पुरुष र भेट्रान्स पुरुष डबल प्रतियोगिता भएको थियो।

सि लेभल डबल पुरूष तर्फ नवीन थापा र सनिल थापा (गल्याङ) को समूहले प्रथम स्थान प्राप्त गर्दै शिल्ड, मेडल र नगद पुरस्कार हात पारेको छ । यसैगरी आशिष शाही र दिवाकर पङ्गेनी (चापाकोट) ले   फस्ट रनर अप को उपाधी   प्राप्त गर्नुभयो। प्रकाश गुरूङ र लिल बहादुर भण्डारी ( भीरकोट) ले  सेकेण्ड रनर अप को उपाधी प्राप्त गर्नुभयो। एलेक्स थापा र सिमन मल्लले  पनि सेकेन्ड रनर अपको उपाधी जित्नुभयो।

यसैगरी भेट्रान्स पुरुष डबल तर्फ  युवराज गुरूङ र विक्रम गुरूङ(भीरकोट) को समूहले प्रथम स्थान प्राप्त गर्दै शिल्ड, मेडल र नगद पुरस्कार हात पारेको छ । किरन ठकुरी र बिरू थापा ( वालिङ) ले फस्ट रनर अप को उपाधी   प्राप्त गर्नुभयो। युवराज आले र लाल बहादुर थापा (वालिङ ) को समूह र शालिकराम पाण्डे र बसन्त थापा (वालिङ ) को समुहले सेकेन्ड रनर अपको उपाधी जित्नुभयो।

प्रतियोगिताका विजेताहरूलाई अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष एवं प्रमुख  प्रकाश तिवारी र भीरकोट जेसिजका मानार्थ सदस्य यामप्रसाद तिवारीले पुरस्कार प्रदान गर्नुभएको थियो। विजेताहरूलाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथी तिवारीले युवाहरूमा सकारात्मक काम गर्ने अठोट, जोस जाँगर र हिम्मत हुनुपर्ने बताउनुभयो । छोटो अवधिमै  सफलतापूर्वक जिल्लास्तरीय खेल प्रतियोगिता आयोजना गरेकोमा भीरकोट जेसिजको प्रशंसा गर्दै उहाँले युवाहरूले आफ्नो क्षमतालाई सही ढंगले सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो।

बयरघारी ब्याडमिन्टन क्लबसँगको सहकार्यमा भीरकोट जेसिजले फागुन २ र ३ गते जिल्ला स्तरीय ब्याडमिन्टन  प्रतियोगिता संचालन  गरेको  थियो।  भीरकोट नगरपालिका वडा नं. १, बसपार्कस्थित बयरघारी ब्याडमिन्टन कोर्टमा  भएको प्रतियोगितामा सि लेभल तर्फ ३२  टिम र भेट्रान्स तर्फ २१  टिम गरि  जम्मा ५३ टिमको  सहभागिता रहेको खेल संयोजक एवं भीरकोट जेसिजका अध्यक्ष शिव खनालले जानकारी दिनुभयो।

प्रतियोगितामा  सी लेभल डबलतर्फ पहिलो स्थान हासिल गर्नेले  रू ३० हजार नगदसहित शिल्ड, मेडल र ट्रफी प्राप्त गरेका छन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः रु २० हजार  र ५/५ हजार नगद  पुरस्कार पाएका छन्। भेट्रान्स पुरुष डबलतर्फ प्रथम स्थान हासिल गर्ने खेलाडीले रु २५ हजार नगद प्राप्त गरेका छन् भने दोस्रो र तेस्रो स्थान हासिल गर्नेले क्रमशः रु १५ हजार  र ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन्। -स्मार्ट अखबार

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP