मुक्तिनाथ विकास बैंकद्धारा लायन्स क्लबलाई सहयोग
प्रकाश डोटेल/स्याङ्जा :
मुक्तिनाथ विकास बैंकले लायन्स क्लव अफ स्याङ्जा टाउनलाई सहयोग गरेको छ । बैंकले क्लबलाई टिर्सट र जकेट गरी झण्डै ४० हजार बराबरको सामग्री सहयोग गरेको हो ।
सहयोग सामग्री हस्तन्तरण गर्दै मुक्तिनाथ विकास बैंकका संचालक भरतप्रसाद लम्सालले स्याङ्जाबाटै स्थापना भएको मुक्तिनाथले समाज सेवामा स्थानीयसँग हातेमालो गर्दै अगाडी बढेको बताए । उनले सामाजिक सेवामा मात्रै नभएर बैंकले बित्तीय कारोबार समेत व्यवसायीसँग हातेमालो गर्दै आएको सुनाए ।
बैंकले स्थापना कालदेखि खासगरि महिलाहरुको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको सुनाउँदै संचालक लम्सालले भने, “लघुबित्त र आधुनिक बैंकिङ्क प्रणालीबाट बैंकले समाजका हरेक बर्गसँग सहकार्य गरेको छ ।”
लायन्स क्लब अफ स्याङ्जा टाउनका अध्यक्ष सुनिता पौडेल गौतमले बैंकले बित्तिय कारोबारका अलवा सामाजिक सेवा पु¥याएको योगदानको चर्चा गर्दै महिला तथा व्यवसायीको हितमा बैंकले गरेको बित्तीय सेवालाई प्रभाबकारी बनाउँदै अगाडी बढाउनु आग्रह गरिन ।
मुक्तिनाथ विकास बैंक पुतलीबजार शाखद्धारा आयोजित कार्यक्रम संचालन शाखा प्रमुख डम्बरबहादुर क्षेत्रीले गरेका थिए । कार्यक्रममा मुक्तिनाथ विकास बैंकका कर्मचारी तथा रोयल बचत तथा ऋण सहकारी संस्थाका पदाधिकारी एवं सदस्यको सहभागिता रहेको थियो ।
बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत गर्दै आएको विभिन्न सहयोग अनुरुप क्लबलाई जकेट र टिर्सट प्रदान गरेको हो । स्याङ्जामा प्रधान कार्यालय रहने गरी २०६३ मा स्थापना भएको बैंक हाल नेपालकै उत्कृष्ट बैंकको रुपमा रहेको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


