वालिङ कर्मचारी सहकारीका सदस्यलाइ सहकारी शिक्षा तालिम

वालिङ :
वालिङ कर्मचारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ, स्याङ्जाले सहकारी शिक्षा तालिम सम्पन्न गरेको छ । सहकारीले आफ्ना नव निर्वाचित सञ्चालक समिति, लेखा सुपेरिवेक्षण समिति तथा विभिन्न उपसमितिका पदाधिकारीहरुको लागि सहकारी सम्बन्धी अभिमुखिकरण सहितको कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा सहकारीका मूल्य मान्यताहरु, सिद्धान्तहरु, सहकारीको कानूनी र नीतिगत पक्ष, सहकारी सञ्चालनका लागि आवश्यक पर्ने आधारभूत तथा अपरिहार्य ज्ञानको बारेमा प्रशिक्षक टिकाराम अधिकारीले प्रकाश पारे ।

पछिल्लो समय सहकारी क्षेत्रमा देखा परेका विभिन्न समस्या तथा देखिएका चुनौतिहरुको समेतको बारेमा छलफल भएका थिए । सहकारीको व्यवस्थित सञ्चालनको लागि सञ्चालक समिति र लेखा सुपेरिवेक्षण समितिले खेल्नु पर्ने भूमिकाको बारेमा प्रशिक्षकले प्रशिक्षार्थीहरुलाई अभिमुखिकरण गरे ।

२६७ जना शेयर सदस्य रहेको यस संस्था विगत ५ वर्षदेखि सञ्चालनमा रहेको छ । वालिङ नगरपालिका कार्यक्षेत्र रहेर काम गर्ने कर्मचारीहरुले सञ्चालन गरेको यस सहकारीले गत भाद्र ८ गते दोस्रो अधिवेशन सम्पन्न गरेको थियो ।

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP