अर्जुनचौपारी सर्वोकृष्ट गाउँपालिका घोषित, नेपाली कांग्रेसले गर्यो सम्मान
काठमाडौं : नेपाली कांग्रेसले स्थानीय सरकारको संस्थागत क्षमता स्वमूल्यांकनमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकालाई उत्कृष्ट घोषणा गर्दै सम्मान गरेको छ ।
नेपाली कांग्रेस स्थानीय तह समन्वय विभागले नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अभ्यासमा ल्याएको स्थानीय सरकारको संस्थागत क्षमता स्वमूल्यांकनको आ.ब. २०७९।८० को गुणस्तर मूल्याङकनमा नेपाली कांग्रेसको नेतृत्वमा रहेको गाउँपालिकामध्ये ८६ अंक प्राप्त गरी प्रथम स्थान हासिल गरेको भन्दै सम्मान गरेको हो ।
आज नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र स्थानीय तह समन्वय विभागका प्रमुख मधु आचार्यसहितका नेताहरुले उक्त गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीलाई सम्मान पत्र प्रदान गरे । यस पालिकाले शिक्षा, स्वास्थ्य र बिकासको क्षेत्रमा एकपछि अर्को लोकप्रिय कार्य गर्दै जनताको मन जितिरहेको छ।
कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ठ रहेका २१ पालिकाहरुलाई समेत सम्मान गरिएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


