गल्याङ प्रिमियर लिग क्रिकेटको उपाधी गल्याङ ब्लास्टरलाई ।
गल्याङ :
गल्याङ प्रिमियर टिट्वान्टी लिग क्रिकेट (जिपिएल) को उपाधी गल्याङ ब्लास्टरले जितेको छ । शनिवार भएको फाईनलमा गल्याङ ईगल्सलाई पराजित गर्दै ब्लास्टरले उपाधी जितेको हो ।
ईगल्सले बनाएको ९२ रनको सामान्य लक्ष्य ब्लास्टरले १० ओभरमा २ विकेट गुमाएर भेटाएको हो । इगल्सले १४ ओभरमा ९२ रन बनाउँदै अलआउट भएको हो ।
उपाधी बिजेता गल्याङ ब्लास्टरले रु एक लाख र शिल्ड हात पारेको छ यस्तै दोस्रो भएको गल्याङ ईगल्सले रु ५० हजारमा चित्त बुझाएको छ ।
गल्याङ क्रिकेट संघको आयोजनामा भएको प्रतियोगितामा आठ समूहले प्रतिस्पर्धा गरेक थिए ।
आठ वटै टिमले अक्सन मार्फत एक महिना अगाडि नै खेलाडि छनौट गरेका गल्याङ क्रिकेट संघका उपाध्यक्ष खगेन्द्र भण्डारीले जानकारी दिनुभयो । प्रत्येक टिमले जिल्लाका बाहिरका ३÷३ जना खेलाडि समावेश गराएका थिए भने अरु खेलाडि जिल्ला भित्रका नै रहेका थिए ।
विभिन्न व्यवसायी र व्यक्तिहरुले आआफ्नो क्लव तयार गरी प्रतियोगितामा भाग लिएकाछन् ।
जिल्ला भित्र रहेका क्रिकेट खेलाडीको पहिचान बढाउने र क्रिकेट खेललाई जिल्लामा व्यावसायिक गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।
फाईनल खेल आईतबार गल्याङ नगरपालिका–१ मालुुङगाको खेल मैदानमा भएको थियो ।
प्रतियोगिताको समापन गर्दै गल्याङ् नगरपालिकाका प्रमुख गुरु प्रसाद भट्टराईले खेल क्षेत्रले नेपाल र नेपालीको पहिचान बढाएको बताउनु भयो । पालिकाले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको उहाँको भनाई छ ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


