वालिङ क्याम्पस,स्ववियुको आयोजनामा तीज बिशेष कार्यक्रम सम्पन्न ।
वालिङ :
स्याङजाको वालिङमा रहेको वालिङ बहुमुखी क्याम्पस,स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसमा अध्ययनरत झण्डै पाँच सय विद्यार्थीको उपस्थितिमा तीज बिशेष कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सांसद कल्पना तिवारीले तीज आफैमा संस्कार र संकृतिले भरिपूर्ण पर्व भएको बताउनु भयो । तीजलाई भड्किलो र खर्चिलो बनाउन नहुनेमा उहाँको जोड छ ।
पछिल्ला उपलव्धीका कारण महिलाहरुलाई धेरै अधिकारहरु प्राप्त भएका भन्दै सांसद तिवारीले यसको सही सदुपयोग गर्दै महिलाहरु अगाडि बढ्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा वालिङ बहुमुखी क्याम्पसका अध्यक्ष उदय श्रेष्ठ,क्याम्पस प्रमुख भीमप्रसाद पंगेनी,लगायतले बोल्नु भएको थियो ।
तीज विशेष कार्यक्रममा क्याम्पसका झण्डै पाँच सय विद्यार्थीको सहभागिता रहेको स्ववियु सभापति सन्दिप कंडेलले बताउनु भयो । नाचगान र दरखाने कार्यक्रम समेत आयोजना गरिएको सभापति कंडेलले जानकारी दिनुभयो ।
कार्यक्रम राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुले आआफ्नो प्रस्तुती दिएका थिए ।

समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


