नमुना बन्दै महिलाले मात्रै सञ्चालन गरेको सामुदायिक विद्यालय ।
राधाकृष्ण डुम्रे,
वालिङ,साउन ११ गते ।
स्याङ्जाको गल्याङ नगरपालिका–३ लल्याङ स्थित ज्ञानज्योती आधारभुत विद्यालयमा महिला मात्रै शिक्षिका कार्यरत रहेकाछन् । स्थापना देखि हाल सम्म विद्यालयमा कुनै पनि पुरुष शिक्षकको रुपमा कार्यरत रहेका छैनन् । २०४६ सालमा स्थापना भएको विद्यालय पालिकामा मात्रै होईन जिल्लामा नै उत्कृष्ट रहेको छ ।
बिद्यालयमा ६१ बिद्यार्थी पढ्दै आएकाछन् । पाँच जना शिक्षक तथा तीन जना कर्मचारीको दरबन्दी भएको विद्यालयमा सातै जना महिला कार्यरत रहेकाछन् । महिलाहरुलाई विद्यालय सञ्चालन गर्न पूर्ण अधिकार दिईएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज भट्टराईले बताउनु भयो । शिक्षिकाहरुले आफै योजना बनाएर कक्षा सञ्चालन गर्दै आएका उहाँको भनाई छ । व्यवस्थापन पक्षले सहजीकरण गर्ने गरेको भन्दै अध्यक्ष भट्टराईले शिक्षिकाहरुले मेहनत गरेको कारण विद्यालयको अवस्थामा परिवर्तन आएको बताउनु भयो ।
विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु हरेक क्रियाकलापमा अगाडी देखिन्छन । विद्यालयमा बालमैत्री शिक्षण विधि अपनाईएको विद्यालयका प्रधानाध्यापक सरस्वती भट्टराईले बताउनु भयो । फरक तर व्यावहारिक तरिकाबाट शिक्षा प्रदान गर्ने गरिएको उहाँको भनाई छ । अन्य विद्यालयको तुलनामा आफ्नो विद्यालयमा विद्यार्थीको राम्रो आकर्षण रहेको विद्यालयको भनाई छ ।
महिलाले मात्रै सञ्चालन गरेको विद्यालयलाई पालिकाले विशेष रुपमा हेरेको नगरप्रमुख गुरु प्रसाद भट्टराईले बताउनु भयो । उहाँ भन्नुभयो, “महिलाहरुले इमान्दारीता, लगनशिलता र कामप्रति अनुशासन देखाएकाले ज्ञानज्योती आधारभूत विद्यालय नमुना बनेको छ ।”
गल्याङ नगरपालिकामा सात संस्थागत, ६२ सामुदायीक र एक गुरुकुल विद्यालय रहेका छन । पालिकामा पाँच हजार दुई सय ५६ बिद्यार्थी अध्ययनरत रहेकाछन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


