पहिरो पीडित परिवारलाई राहत वितरण
स्याङ्जा :
पहिरोमा परेर ज्यान गुमाएका परिवारलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाले राहत रकम हस्तान्तरण गरेको छ । पोखरा–१९ पुरुन्चौर, तल्लाकोट टारीमा गत संसार २७ गते पहिरोमा परेका परिवारलाई राहत दिइएको हो ।
अर्जुनचौपारी गाउँपालिका-१ का अस्मित परियार र प्रभा परियारको पहिरोमा परेर मृत्यु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले आफैँ पुगेर परिवारलाई राहत रकम हस्तान्तरण गर्नुभएको हो । मृतकको घरमै पुगेर प्रदेश सरकारले दिने सहयोग जनही ५०-५० हजार गरी एक लाख रुपियाँ प्रमुख जिल्ला अधिकारी नेपालले हस्तान्तरण गर्नुभएको छ ।
राहत रकम हस्तान्तरण प्रजिअ नेपालले पहिरोमा ज्यान गुमाएका परिवारलाई सङ्घीय सरकारले उपलब्ध गराउने दुई लाख र एकाघरको भएकाले थप एक लाख गरी तीन लाख रुपियाँ प्रक्रियागत रूपमा मृतकका परिवारको खातामा जम्मा हुने बताउनुभयो ।
मनसुनसँगै स्याङ्जामा नौ र कास्कीमा दुई जना गरी जिल्लाका ११ जनाको मृत्यु भएको थियो र सबैलाई राहत हस्तान्तरण गरिएको हो । यस्तै, बाढीपहिरा प्रभावित परिवारलाई जिल्ला रेडक्रस सोसाइटी स्याङ्जा र लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट स्याङ्जाले पनि नगदसहित जिन्सी लगायतका सामानहरू राहत स्वरूप वितरण गरी रहेको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


