चट्याङले क्षति पु¥यायो
वालिङ :
स्याङ्जाको बिरुवा गाउँपालिकाको तर्लेमा चट्याङले क्षति पु¥याएको छ । गाउँपालिकाको वडा नम्वर ८ तर्ले पिपलडाँडामा रहेको एक घरमा चट्याङले क्षति पु¥याएको हो ।
शुक्रबार राती करिव साढे एक बजेको समयमा पिपलडाँडामा टोपबहादुर थापाको घरमा चट्याङले क्षति गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । ८७ वर्षीय थापाको टिनले छाएको १ तले गोठमा चट्याङ् पर्दा गोठमा रहेको २ वटा भैसी मृत्यु भएको छ भने १ वटा पाडो घाईते गराएको छ । यसकासाथै एक वटा हाते ट्याक्टर र मिनि मिल जलेर नष्ट भएका छन् । प्रहरीका अनुसार चट्याङबाट मानवीय क्षति नभए पनि सबै गरेर रु. २ लाख ४५ हजार बराबरको नोक्सान भएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
पोखराकाे जिएमसीमा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु, ग्यास्ट्रो उपचार आधुनिक बन्दै
१ महिना अगाडि
पोखरा : पोखरामा रहेकाे गण्डकी मेडिकल कलेज (जिएमसी) मा पित्त नलीको ढुंगा निकाल्ने ‘इआरसीपी’ सेवा सुरु भएकाे छ । डा….


