गल्याङमा मौरीको गोला सहितको घार वितरण ।

वालिङ,बैशाख २७ गते ।
स्याङ्जाको गल्याङ नगरपालिकाले मौरी गोला तथा मौरी घार वितरण गरेको छ । नगरपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक स्वीकृत मौरी पालन पवर्धन कार्यक्रम अन्तर्गत ५०% अनुदानमा मौरी गोला तथा मौरी घार वितरण गरिएको हो ।
नगर भित्रका मौरी पालन गर्न ईच्छुक किसानहरुको मागका आधारमा मौरी सहितको घार १३५ वटा र खाली घार ४० वटा वितरण गरिएको नगर प्रमुख गुरु प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टराईले गल्याङ नगरपालिकाका किसानहरुलाई मौरी पालन प्रति आकर्षण बढाउँदै लगिने बताउनु भयो । उहाँले भन्नुभयो,“नगरपालिका भित्र एक घर एक मौरी को घार बनाउने योजना छ ।”
नगरपालिकाले मौरी पालन सम्बन्धि तालिम दिएपछि मौरीको गोला र घार वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले बताउनु भयो ।

 

 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP