स्याङ्जाका पत्रकार न्यौपाने सम्मानित
स्याङजा :
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत परियोजना कार्यान्वयन इकाई सुन्तला सुपरजोन सन्चालन समन्वय समिति स्याङ्जाले चौथो अधिवेशन कार्यक्रममा स्याङ्जाको कृषि क्षेत्रमा रहेर सुन्तला उत्पादनका विषयमा कलम चलाउने एकजना पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको छ । नेपाल टेलिभिजनका स्याङ्जा सम्बाददाता हिमाल न्यौपाने लाई नगद तथा सम्मानपत्रले समितिका अध्यक्ष तारा अर्याल र कार्यक्रमका प्रमुख अथिति जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटीले सम्मान गरेका हुन् ।
स्याङ्जालाई सुन्तलाको जिल्ला भनेर चिनाउने भूमिका पत्रकारहरुको रहेको भन्दै समितिले चौथो अधिवेसनमा न्यौपानेलाई सम्मान गरेको आयोजकले जनाएको छ । नेपाल पत्रकार महासंघको सिफारिसमा समितिले बुधबार न्यौपानेलाई सम्मान गरिएको हो । कृषि टेलिभिजनबाट पत्रकारिता शुरु गरेका न्यौपाने झण्डै तीनबर्ष देखी नेपाल टेलिभिजनमा काम गर्दै आएका छन् । जिल्लाको कृषि, विकास र पर्यटनको क्षेत्रमा कलम चलाउदै आएका न्यौपनेले सुन्तलाको बिषयमा समेत कलम चलाउदै आएको आधारमा उनलाई पुरस्कृत गरिएको थियो । पछिल्लो समय सुन्तलालाई राष्ट्रिय फलको रूपमा समेत नेपाल सरकारले घोषण गरेको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


