ताइवानमा शक्तिशाली भूकम्प, दक्षिणी जापानमा सुनामीको चेतावनी ।
काठमाण्डौ:
ताइवानमा बुधबार शक्तिशाली भूकम्प गएको छ । ताइवानको पूर्वी तटमा ७।४ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पपछि टापु र दक्षिणी जापानमा सुनामीको चेतावनी दिइएको छ ।
भूकम्पको केन्द्रबिन्दु हुआलियन सहरबाट करिब १८ किलोमिटर (११ माइल) दक्षिणमा पर्छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार हुआलियन काउन्टीमा झुकेका घरहरूका तस्बिरसहित प्रारम्भिक क्षतिको रिपोर्ट आइरहेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ। सेना उद्धारमा खटिएको छ ।
ताइवानको केन्द्रीय मौसम प्रशासनले भूकम्पपछि सुनामीको चेतावनी जारी गरेको छ । सुनामीले टापुको उत्तरी तटीय क्षेत्रमा प्रभाव पार्ने अपेक्षा सम्भावना भएकाले स्थानीयहरूलाई उच्च जमिनमा स्थानान्तरण गर्न भनेको छ ।
जापान मौसम विज्ञान एजेन्सीले मियाकोजिमा र ओकिनावा टापुहरूमा सुनामीको चेतावनी पनि जारी गरेको छ । ३ मिटर अग्लो छालहरू आउने चेतावनी दिएको छ ।
केन्द्रीय मौसम प्रशासनका प्रवक्ताका अनुसार ताइवानमा गएको २५ वर्षयताकै सबैभन्दा शक्तिशाली भूकम्प हो। सन् १९९९ मा ७.७ म्याग्निच्युडको भूकम्पले ताइपेईको ९३ माइल दक्षिणमा क्षति पुर्याएको थियो । करिब २ हजार ४ सय जनाको मृत्यु र १० हजार घाइते भएका थिए ।
ताइवान प्यासिफिक रिङ अफ फायरमा अवस्थित छ । यो प्रशान्त महासागरको छेउमा छ ।यस टापुमा नियमित रूपमा भूकम्प जान्छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


