श्रवणकुमार पार्क परिसरमा ‘फ्रि वाईफाई’
वालिङ :
स्याङ्जाको वालिङ ८ घ्याङलिङमा रहेको श्रवणकुमार पार्कलाई ‘फ्रि वाईफाई जोन’ बनाईएको छ । श्रवणकुमार पार्क ब्यवस्थापन समिति तथा नवप्रभात युवाक्लबको ब्यवस्थापनमा वालिङ ईन्टरनेट प्रालिको सहयोगमा ‘फ्रि वाईफाई जोन’ बनाईएको हो ।
वालिङ बजारबाट नजिकै रहेको श्रवणकुमार पार्कलाई प्रविधिसित जोड्दै अगाडि बढ्ने उद्देश्यसहित ईन्टरनेट जडानकालागि वालिङ इन्टरनेट कम्पनीसँग सहमति गरिएको नवप्रभात युवाक्लबका अध्यक्ष जीवलाल काफ्लेले बताउनुभयो । वालिङ बजारदेखि नजिकै रहेको पार्कमा पूर्वाधारहरु निर्माण गरिएसँगै आन्तरिक पर्यटकहरुको रोजाईमा पर्दै गएको छ । पार्कमा घुम्न आउनेहरुको सुविधालाई मध्यनजर गरी वालिङ ईन्टरनेट कम्पनीले निशुल्क ईन्टरनेट सेवा दिएको कम्पनीका सञ्चालक जोगराज पाठकले बताउनुभयो । पार्कमा पूर्वाधार निर्माण, सरसफाई, बृक्षारोपण जस्ता कार्य गर्न वालिङ नगरपालिका, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडिपी), ८ नं वडा कार्यालय, दियालो, वालिङ होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था, अमिलीथुम प्राथमिक विद्यालय प्रशासनसमेतले सहयोग गर्दै आएका छन् । विद्यालयसँग भोगचलन गर्ने सहमति गरेर पुरानो जीर्ण भवनलाई मर्मत सम्भार तथा रंगरोगन गरिएको छ । पार्कलाई घेराबार गर्ने, प्रवेशद्वार निर्माण, श्रवणकुमारको प्रतिमा, बगैंचा, वृक्षारोपण, चौपारी निर्माण, शौचालय तथा बालउद्यानका पूर्वाधारहरुको निर्माण र ब्यवस्थापन कार्य भईरहेको निर्माण समितिका अध्यक्ष तोलाकान्त बगालेले बताउनुभयो ।
“एकान्त र शान्त वातावरण भएको यो पार्क बजारबाट नजिकैको दूरीमा रहेकाले पनि बिहान र साँझको समयमा यहाँ मानिसहरुको भीड हुने गरेको छ” अध्यक्ष बगालेले भन्नुभयो, “पछिल्लो समय बढ्दो बजारीकरणसँगै बजारको कोलाहलबाट केही समय छुट्टयाएर पार्कमा आनन्दित हुन सकिने भएको छ ।” पार्कमा घुम्न आउने मानिसहरुलाई टिकटक, फेसबुक लगायतका सामाजिक सञ्जालहरु चलाउन र अनलाईनहरुमा समाचारहरु हेर्न, सुन्नकालागि पनि सहयोग पुगेको अध्यक्ष बगालेले बताउनुभयो । “क्लबको अनुरोधलाई ईन्टरनेट कम्पनीले सहर्ष स्वीकार गरी निशुल्क वाईफाई जडान गरिदिएकोमा कम्पनीलाई धन्यवाद दिन्छौं” अध्यक्ष बगालेले भन्नुभयो । विशेष गरी विहान र साँझ तथा विदाका दिनमा यहाँ घुम्न आउनेको संख्या बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ कालागि गण्डकी प्रदेशबाट रु. दश लाख विनियोजन भई पूर्वाधार निर्माणको काम भईरहेको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


