नेपाल प्रेस युनियनको बैठक चापाकोटमा सम्पन्न
चैत ४ वालिङ ।
नेपाल प्रेस युनियन स्याङ्जाले प्रशिक्षणसम्बन्धी गतिविधिहरुलाई प्रभावकारीरुपमा अगाडि बढाउने निर्णय गरेको छ । स्याङ्जाको चापाकोट ८ स्थित धार्मिक महत्वको स्थान मणिमुकुन्देश्वर वेद विद्याश्रम गुरुकुल पाठशालामा बसेको बैठकले प्रशिक्षणसम्बन्धी गतिविधिहरुलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्ने निर्णय गरेको हो ।
नेपाल प्रेस युनियन केन्द्रले प्रशिक्षणका कार्यक्रमहरु सञ्चालन गर्नकालागि गरेको निर्देशन बमोजिम युनियनमा आवद्ध क्रियाशिल पत्रकारहरुको क्षमता वृद्धि तथा पत्रकारितामा प्रवेश गर्न चाहनेहरुकालागि आधारभूत तालिम तथा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष तोलाकान्त बगालेले बताउनुभयो ।
जिल्लामा क्रियाशिल पत्रकारहरुको क्षमता विकास गर्ने खालका प्रशिक्षणहरु र यस क्षेत्रमा आउन चाहनेहरुकालागि आधारभूत प्रशिक्षणका कार्यक्रमहरु जिल्लाभर नै सञ्चालन गर्ने तयारी भईरहेको अध्यक्ष बगालेले बताउनुभयो ।
जिल्लाका विभिन्न ठाउँहरुमा प्रशिक्षण सञ्चालन गर्नकालागि उपाध्यक्ष गोपिकृष्ण रेग्मीलाई समन्वय तथा तयारी गर्नकालागि जिम्मेवारी बैठकले दिएको छ ।
त्यस्तैगरी जिल्लाभित्रका हरेक गतिविधिहरुलाई प्रकाशन तथा प्रशारण गर्दै नागरिकहरुलाई सुसूचित गर्नकालागि अझै क्रियाशिल भएर अगाडि बढ्ने निर्णय गरेको छ ।
धार्मिक एवम् पर्यटकीय महत्वका दृष्टिले प्रचूर संभावना भएर पनि ओझेलमा परेका स्थानहरुको प्रचार प्रसार गर्ने उद्देश्यसहित जिल्लाका विभिन्न भागहरुमा घुम्ति बैठकहरु सञ्चालन गर्ने निर्णय भएको अध्यक्ष बगालेले बताउनुभयो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


