गरिमा विकास बैंकको नयाँ एक्सटेन्सन काउन्टर वालिङको भुम्रेमा ।
वालिङ :
गरिमा विकास बैंकले वालिङ नगरपालिका–९, भुम्रेमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ ।
नयाँ काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा शाखाको संख्या एक सय २४ पुगेको छ । नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका बैंकिङ्ग सेवाहरु उपलब्ध हुने बैंक उपप्रमुख कार्यकारी अधिकृत तथा मूख्य सूचना अधिकारी माधव प्रसाद आचार्यले जानकारी दिनुभयो ।
बैंकले चालू आर्थिक बर्षको दोस्रो त्रैमासिकको अन्त्य सम्ममा ८३ अर्ब निक्षेप संकलन गरेको जनाएको छ । पाँच अर्ब ६८ करोड चुक्ता पूँजी रहेको बैंकले ७१ ऋर्ब ऋण लगानी गरेको आचार्यले जानकारी दिनुभयो ।

काउन्टरको सेवा शुभारम्भ कार्यक्रममा बैंकका अध्यक्ष श्यामप्रसाद बस्यालले बैंक तथा वित्तीय संस्थालाई राज्यले हेर्ने नजरमा परिवर्तन आउन जरुरी रहेको बताउनु भयो । बैंकहरुमा बाहिर आए जस्तो कुनै समस्या नरहेको अध्यक्ष बस्यालको भनाई छ ।
कार्यक्रममा बैंकका पूर्ब अध्यक्ष तथा वालिङ नगरपालिकाका पूर्ब मेयर दिलिपप्रताप खाँण,वालिङ–९ का वडाअध्यक्ष शेर बहादुर श्रेष्ठ(अमृत) लगायतले सेवाग्राहीलाई लक्षित गरेर वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गर्नु पर्ने बताएकाछन् ।
पर्वतको दक्षिणी क्षेत्रमा जाने मूख्य बजार रहेको भुम्रेमा गरिमाले काउन्टर सञ्चालनमा ल्याएको हो ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


