तमु ह्युल छोंज धीं गण्डकीकाे अध्यक्षमा पदमराज तमु(गुरुङ) निर्वाचित

padam raj gurung

स्याङ्जा :

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद गण्डकी (तमुवान)का अध्यक्षमा पदमराज तमु निर्वाचित हुनु भएकाे छ। शनिबार तनहुँको टुटेपानी घरवास (होमस्टे)मा सम्पन्न दोस्रो अधिवेशनले उहाँलाई निर्विरोध निर्वाचित गरेको हो । यो उहाँको दोस्रो कार्यकाल हो ।

यस्तैगरी नवनिर्वाचित पदाधिकारीहरूमा तर्फ उपाध्यक्षमा जीवन तमु र ठाकुर प्रसाद तमु उपाध्यक्ष, महिला उपाध्यक्षमा जनकासी तमुस्यो, सचिवमा खिमा तमुस्यो, संगठन सचिवमा प्रजन बहादुर तमु, सह सचिव विर्ख बहादुर तमु, कोषाध्यक्षमा गल बहादुर तमु, सह कोषाध्यक्षमा मन बहादुर तमु रहेका छन् । ​​​​​​ सदस्यहरूमा ललित बहादुर तमु र दुर्गा सिंह तमु निर्वाचित भएका छन् । नवनिर्वाचित कार्यसमितिको कार्यकाल चार वर्षको हुनेछ ।

नवनिर्वाचित अध्यक्ष  पदमराज तमु वालिङ नगरपालिकाका प्रवक्ता तथा वडा नं.१ का अध्यक्ष समेत हुनुहुन्छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP