नेपाली स्ट्राइकर सावित्राले फ्रान्सको शीर्ष डिभिजन लिग खेल्ने ।
काठमाण्डौ:
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले फ्रान्सको शीर्ष डिभिजन लिग खेल्ने पक्का भएको छ । फ्रान्सेली शीर्ष डिभिजन क्लब अन आभान्ट ग्वेङगाम्पले सावित्रालाई एक वर्षको सम्झौता गरेको हो । क्लबले एक भिडियो सन्देशसहित सावित्रालाई अनुबन्ध गरेको पुष्टि गरेको छ ।
यसै साता क्लबसँग सम्झौता गर्न सावित्रा फ्रान्स पुगेकी थिइन् । उनी फ्रान्सको लिग खेल्ने पहिलो नेपाली फुटबलर हुन् । उनी दक्षिण एसियाको प्रतिनिधित्व गर्दै फ्रान्सको लिग खेल्ने पहिलो महिला खेलाडी बनिन् ।
सावित्रा अनुबन्ध भएको अन आभान्ट ग्वेङगाम्प १२ खेलमा आठ अंक जोड्दै तालिकाको १०औँ स्थानमा छ । रेलिगेसनबाट टोलीलाई जोगाउनु नै सावित्राका लागि चुनौती हुनेछ । लिगमा अब अन आभान्ट ग्वेङगाम्पले १० खेल खेल्न बाँकी छ ।
सावित्रा गत वर्ष मात्र युरोपको शीर्ष डिभिजन खेल्ने पहिलो नेपाली खेलाडी बनेकी थिइन् । एक वर्षको अन्तरालमा उनको दोस्रो सफलता हो । सावित्राले इजरायली क्लब हापोयल रानानाबाट घरेलु लिग खेलेकी थिइन् । इजरायलले युरोपेली फुटबलको प्रतिनिधित्व गर्दै फुटबल खेल्ने गरेको छ ।
सावित्राले अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि सर्वाधिक ४३ गोल गरिसकेकी छिन् । घरेलु लिगमा एपिएफबाट खेल्ने सावित्राले भारतीय महिला लिगमा तेस्रोपटक उपाधि उचालिसकेकी छिन् । भारतीय लिगमा उच्च प्रदर्शनसँगै सावित्रालाई युरोपमा खेल्ने ढोका खुलेको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


