वालिङ महोत्सव-स्थानीय व्यापारीलाई सहुलियतमा स्टल, स्थानीय व्यवसायीले गरे १५० स्टल बुक
वालिङ :
वालिङ महोत्सवको तयारी अन्तिम चरणमा पुगि रहेको छ । यही माघ १८ देखि २८ गतेसम्म आयोजित आठौँ वालिङ महोत्सव वालिङ खेलमैदानमा सञ्चालन हुँदैछ । महोत्सवमा स्थानीय व्यापारी व्यवसायीलाई प्राथामिकता दिईएको छ । स्थानीय व्यापारी व्यवसायीलाई पहिलो प्राथामिकतामा राखेर सहुलित दरमा स्टल दिईए पछि व्यवसायीहरु पनि उत्साहित भएकाछन् ।
“हाम्रो गौरव हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचना” भन्ने मुल नाराका साथ आयोजित महोत्सवमा स्थानीय व्यवसायीले मात्रै १५० स्टल बुक गरेकाछन् ।
महोत्सवमा स्थानीय व्यापारी व्यवसायीहरुलाई ३० प्रतिशत छुट समेत दिईएको भन्दै महोत्सव मिति आउन एक हप्ता बाँकी रहँदा स्थानीय व्यापारी धेरै इच्छुक देखिएको अध्यक्ष चेतनारायण श्रेष्ठले बताउनुभयो ।
महोत्सवमा ३०० भन्दा बढी स्टलहरु रहने भन्दै खनालले बाहिरका धेरै व्यापारी व्यवसायीले स्टल दर्ता गर्न इच्छा राखे पनि अझै केहि दिन स्थानीय व्यापारीका लागी समय दिईएको बताउनुभयो । खर्च अनुगमन तथा स्टल बुकिङ उपसमितिका संयोजक केशव पराजुलीका अनुसार महोत्सवमा वालिङका स्थानीय व्यापारी झण्डै १५० स्टल बुकिङ गरेको बताउनुभयो ।
जसमा कृषि, फेन्सी तथा कपडा, होटललगायतका रहेका छन् । पराजुलीले भन्नुभयो, “महोत्सवमा स्थानीयहरु स्टल राख्न धेरै चासो राख्नुभएको छ । हामीले संघको सदस्य तथा नियमित नवीकरण गरेका सहुलियतमा स्टल दिनेछौँ ।” महोत्सवमा कृषितर्फ २० ओटा स्टल निशुल्क १० ओटा केहि सहुलियतमा दिने आयोजकले जनाएका छन् ।

महोत्सवका लागी करिव ९५ प्रतिशत स्टल बुकिङ भईसकेको स्टल बुकिङ उपसमितिका संयोजक पराजुलीले बताउनुभयो । महोत्सवबाट यहाँका व्यापारी व्यवसायी नै लाभान्वित होउन भन्ने उद्देश्यले यहाँका व्यापारीलाई विशेष छुटका साथ पहिलो प्राथामिकतामा राखिएको भन्दै स्टल राख्न चाहाने तर पैसा नभएका सदस्यलाई सहुलियतमा स्टल दिएर पैसा आर्जन गर्ने वातावरण सृजना गर्ने संयोजक पराजुलीले बताउनुभयो ।
आयोजक वालिङ उद्योग वाणिज्य संघका सचिव तथा आठौँ वालिङ महोत्सव प्रचारप्रसार, कलाकार समन्वय तथा बाल उद्यान उपसमितिका संयोजक पिताम्बर खनालले स्थानीय उत्पादनको पर्वर्धन गर्ने र व्यवसायीलाई सहयोग पुर्याउन महोत्सवको ध्यान रहेको बताउनु भयो ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


