अवरुद्ध सिद्धार्थ राजमार्ग अन्गर्तको स्याङ्जा-पाल्पा सडक खण्ड ९ घण्टा पछि सुचारु ।

आँधीखोला खवर/मालुङ्गा
लेदो माटो राजमार्गमा आए पछि अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अन्गर्तको स्याङ्जा-पाल्पा सडक खण्ड झण्डै ९ घण्टा पछि सुचारु भएकोे छ । गल्याङ नगरपालिका वडा न १ मालुङ्गामा माथिबाट आएको लेदो माटोले सडक अवरुद्ध बनाएको थियो । गए रातीबाट अवरुद्ध भएको राजमार्ग विहान ९ वजे मात्रै सुचारु भएको प्रहरीले जनाएको छ ।
असारे बजेट सकाउन हतार—हतार ग्रामिण सडक खन्दा वर्षासँगै लेदो माटो राजमार्गमा आएको तरुणदल स्याङ्जाका सचिव चन्द्र रानाले जानकारी दिनुभयो । रातीबाट नै जाममा परेका सचिव रानाले भन्नुभयो ‘केही दिन पहिले खनिएको ग्रामिण सडकका कारण बाटो अवरुद्ध बनेको हो । ‘
सडक एकतर्फी सञ्चालनमा आएको प्रहरी चौकी गल्याङले जनाएको छ ।



समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


