गल्याङ जेसीजको अध्यक्षमा खगेन्द्र भण्डारी निर्वाचित

khagendra bhandari

खगीन्द्र पौडेल/स्याङ्जा  :

गल्याङ जेसीजको बर्ष २०२४  को अध्यक्षमा खगेन्द्र भण्डारी निर्वाचित हुनु भएकाे छ।

गल्याङ जेसीजको हिजो भएको छैटौं साधारणसभा एवम् पाँचौ अधिबेशनबाट उहाँ निर्वाचित हुनु भएकाे हाे ।

कुल ४४ मत मध्ये ३९ मत खसेकोमा भण्डारिले २८ मत ल्याउदै विजयी हुनु भएकाे थियाे भने उहाँका निकटतम प्रतिद्वन्दी प्रतिमा भट्टराईले ११ मत प्राप्त गर्नु भयाे । त्यस्तै कार्यकारिणी उपाध्यक्ष मा ४ जनाको उम्मेदवारी रहेको मा सुनिल पाठक र डोलराज खनाल समान २३-२३ मत सहित निर्वाचित भएका निर्वाचन आयुक्त अमृत अर्यालले बताउनु भयाे ।

नवनिर्वाचित अध्यक्ष खगेन्द्र भण्डारीले एकता र सद्भाव सङ्गै समुन्नतिको यात्रामा सबैको भावनाको कदर हुनेगरी काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयाे ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP