गौतम अदानी भारत र एसियाको सबैभन्दा धनी व्यक्ति ।
नयाँ दिल्ली:
भारतीय व्यापारी गौतम अदानी भारत र एसियाको सबैभन्दा धनी व्यक्ति बनेका छन् । गएको २४ घन्टामा ७ अर्ब ६७ करोड डलर नेटवर्थ थपिएसँगै अदानीको कूल नेटवर्थ ९७ अर्ब ६० करोड डलरमा उक्लिएको छ ।
बिहीबार आदनी ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्समा १४ औं स्थानमा थिए । तर शुक्रबार उनी मुकेश अम्बानीलाई उछिनेर ब्लुम्बर्गको बिलेनियर्स इन्डेक्समा १२ औं स्थानमा पुगेका छन् । अम्बानी भने ९७ अर्ब डलरसहित सूचीको १३ औं स्थानमा थिए । गएको २४ घन्टामा अम्बानीको नेटवर्थ ६६ करोड ५० लाख डलरले बढेको छ ।
अमेरिकी शर्ट सेलर कम्पनी हिडनबर्गले गएको वर्ष अदानी समूहभित्र चलखेल, धोकाधडीबारे एउटा सयौं पृष्ठ लामो प्रतिवेदन सार्वजनिक गरेपछि अदानी समूहको शेयरमा व्यापक कमी आएको थियो । समूहले ३ खर्ब ५२ अर्ब भारु बराबरको बजार पूँजीकरण गुमाएको थियो । पछिल्ला महिनाहरुमा उक्त प्रतिवेदनको प्रभावबाट केही कमी आएको भएपनि प्रभाव सकिएको थिएन । यो विषयमा अदानी समूहले हिन्डेनबर्गमाथि मुद्दानै हालेको थियो ।
सर्वोच्च अदालतले यस मामिलामा आफ्नो फैसला सुनाएपछि अदानी समूहको शेयरमा व्यापक वृद्धि देखिएको छ । यस्तोमा कम्पनीको बजार पूँजीकरणसँगै अदानीको सम्पत्ति पनि बढिरहेको छ । यस मामिलामा सर्वोच्च अदालतले सेबीको जाँचलाई सही बाटोमा रहेको बताएको थियो ।
२,४ मामिलामध्ये बाँकी रहेको २ मामिलामा पनि छानबिन गर्न अदातलले सेबीलाई ३ महिनाको समय दिएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


