सूर्यज्योति लाईफ ईन्स्योरन्सद्धारा मृत्यु दाबी भुक्तानी

प्रकाश डोटेल,
स्याङ्जा, १९ पुष ।

सूर्यज्योति लाइृफ ईन्स्योरेन्स कम्पनी लि. पुतलीबजार शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । बैदेशिक रोजगारीमा रहेका स्याङ्जाका एक युवकको मृत्युपछि उनका परिवारले मृत्यु दाबी गरेसँगै कम्पनीले रकम भुक्तानी गरेको हो ।

बैदेशिक रोजगारीको सिलसिलामा मलेशिया रहेका स्याङ्जाको बिरुवा गाउँपालिका वडा नं. ६ का ३९ वर्षिय दानबहादुर थापाको करिब ३ महिना अघि मृत्यु भएको थियो । थापाको मृत्युपछि उनको परिवारलाई कम्पनीले १४ लाख रुपैयाँ मृत्यु दाबी रकम भुक्तानी गरेको छ ।

कम्पनीका पुतलीबजार शाखा प्रमुख सुजन पोखरेलले मृतक थापाकी श्रीमती नारायणी माया थापालाई दाबी रकम बराबरको चेक हस्तान्तण गरेका छन् । रोजगारीमा जाने क्रममा मृतक थापाले सूर्यज्योति लाईफ ईन्स्योरेन्समा म्यादी बीमा गरेको कम्पनीले जनाएको छ ।

थापाको मृत्युपछि उनकी श्रीमती नारायणीले कम्पनीले हालसालै जारी गरेको “सूर्यज्योति सहि प्लान” अन्र्तगत १२ लाख बरारबको आजीवन बीमा गरेकी छन् । उच्च रक्तचापका कारणले मृत्यु भएका थापाका २२ वर्षका १ छोरा मात्र छन् ।

३ वर्ष अघिदेखि पुतलीबजारमा संचालनमा आएको सूर्यज्योति लाईफ ईन्स्योरेन्स कम्पनीले हालसम्म ५ जना बीमितको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको पुतलीबजार शाखामा झण्डै १ हजार जनाले जीवन बीमा गरेको शाखाले जनाएको छ ।

 

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP