भारतीय विदेशमन्त्री जयशंकर र चिनियाँ प्रतिनिधिमण्डल एकै दिन नेपाल आउँदै ।
काठमाण्डौ:
नेपाल र भारतबीच बिहीबार परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुने विदेशमन्त्री जयशंकर दिल्लीबाट भोलि नेपाल आउँदै छन्।
नेपाल–भारत संयुक्त आयोगको ७ औँ बैठक भोलि बिहीवार र पर्सि शुक्रवार काठमाण्डौमा हुदैछ । बैठकको अध्यक्षता परराष्ट्रमन्त्री एनपी साउद र सहअध्यक्षता भारतीय विदेशमन्त्री सुब्रह्मण्यम जयशंकरले गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
संयुक्त आयोगको बैठकले द्विपक्षीय सम्बन्ध र विभिन्न सहयोग तथा सम्झौताबारे समीक्षा गर्नेछ । मन्त्रालयले आज बुधवार एक विज्ञप्ति निकालेर भोलि र पर्सि हुने बैठकमा ऊर्जा, जलस्रोत, परराष्ट्र सम्बन्धलगायतका आपसी सहयोगका विभिन्न क्षेत्रहरूमा छलफल हुने जनाएको छ ।
बैठकका लागि भारतीय विदेशमन्त्री जयशंकर भोलि काठमाण्डौ आइपुग्ने तालिका रहेको छ । उहाँले नेपालमा रहँदा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्रीले उहाँको सम्मानमा रात्रिभोज पनि आयोजना गर्नुहुनेछ ।
यहि बिचमा चीनको युनान प्रान्तस्थित चिनियाँ कम्युनिस्ट पार्टीका डेपुटी सेक्रेटरी सी युङगाङ तीनदिने भ्रमणका लागि बिहीबार नै काठमाडौं आउन लागेका छन् । कूटनीतिक स्रोतका अनुसार यो उनको पूर्वनिर्धारित भ्रमण हो । शनिबारसम्म नेपालमा रहँदा उनको उपराष्ट्रपति रामसहायप्रसाद यादव, पर्यटनमन्त्री सुदन किराँती, कृषिमन्त्री बेदुराम भुसाललगायतसँग भेटवार्ता तय भएको कूटनीतिक स्रोतले जनाएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


