स्वस्थ्य जीवनशैलीका लागि जडीबुटी पहिचान कार्यशाला

वालिङ :
अस्वस्थ र अप्राकृतिक जीवनशैलीका कारण धेरै मानिसहरू रोगी बनिरहेका छन । सामान्य टाउको दुख्यो भनेपनि मानिसहरू सिटामोलको खोजी गर्न थालिहाल्छ्न् तर हामीले हाम्रो गाउँठाउँमा झारपात सम्झेका जडिबुटीले हामीलाई स्वस्थ र निरोगी बनाउन सक्छ भन्ने कुरा पुराना पुस्ताले बिर्सिसकेको छ भने नयाँ पुस्तालाई पत्तो नै छैन् ।
यस्तै समाजको बढ्दो परनिर्भरता र अस्वस्थ जीवनशैलीलाई आत्मनिर्भर र स्वस्थ जीवनशैलीमा रूपान्तरण गर्न भीरकोटमा ३ दिने जडिबुटी पहिचान कार्यशाला सम्पन्न गरिएको छ ।
नगरपालिकाको वडा नं ८ मा रहेको छोरेडाँडा कामधेनु गौशालाको आयोजनामा संचालन गरिएको “आयुर्वेद प्रविधिमा आधारित गौमुत्र प्रशोधन, जडिबुटी पहिचान, औषधि निर्माण एवं प्रयोग सम्बन्धी कार्याशाला“ सम्पन्न गरिएको हो । पोखरामा बस्दै आएका शिक्षा तथा संस्कृतिविद् डा. तुलसीराम खनालको संयोजनमा संचालन भएको कार्यशालामा आयुर्वेद विज्ञ योगी धर्म महारसले प्रयोगात्मक प्रशिक्षण दिनु भएको थियो । जडिबुटी पहिचान कार्यशालामा दैनिक औसत ५० जना स्थानीयले सहभागिता जनाएको गौशाला व्यवस्थापन समितिका अध्यक्ष खुमकान्त खनालले बताउनु भयो ।
कार्यशालाको समापन समारोहमा बोल्दै वडा अध्यक्ष नन्दलाल खनालले गौशालालाई आवश्यक पर्ने सबै प्रकारका स्रोत साधनको जिम्मेवारी वडा वा नगरपालिकाले लिने र व्यवस्थापनको जिम्मेवारी मात्रै स्थानीयलाई दिइने बताउनु भयो । गौशाला मात्रै नभएर समग्र वडाले आफ्नो कार्यकालमा आमूल परिवर्तनको लहर देख्ने खनालले दाबी गर्नुभयो । गाउँको विकासमा सहयोग र सहकार्य गर्नुको सट्टा शहरमा बस्नेहरूले विकास विरोधी कुराहरू समाजिक संजालमा लेख्ने गरेको प्रती इङ्कित गर्दै अध्यक्ष खनालले गाउँको समस्या र यथार्थ नबुझी टिप्पणी नगर्न समेत चेतावनी दिएका दिनुभयो ।
निवर्तमान नगरप्रमुख छायाराम खनालले गौशालाबाट उत्पादित गौमूत्रको प्रशोधन र स्थानीय स्तरमा खेर गैरहेका जडिबुटीको पहिचान र सदुपयोग गरी समाजलाई स्वस्थ बनाउने अभिप्रायले कार्याशाला आयोजना गरेको जानकारी दिनुभयो ।
कार्यशालाको संयोजन गर्नुभएका डा. खनालले गौशाला र समाजको हितमा आजीवन लाग्ने प्रतिबद्धता जनाए।उमेरहदका कारण सरकारी शिक्षणसेवाबाट निवृत्त गौशाला व्यवस्थापन समितिका अध्यक्ष खुमकान्त खनालले आफ्नो बाँकी जीवन गौशालाका विकास र विस्तारमा खट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यशालामा सहभागी स्थानीय श्याम प्रसाद खनालले प्रयोगात्मक तरिकाले सिकाइ भएको हुँदा जडीबुटीको पहिचान र प्रयोग गर्न सहज भएको बताउनु भयो । प्रेम खनालले करिब ८० वटा जडीबुटीको उपयोगिता र प्रयोगको बारेमा जानाकारी पाएकोमा खुशी व्यक्त गर्नुभयो ।
“हामीले झारपात सम्झेका धेरै वनस्पतिहरू बहुगुणी जडिबुटी रहेछन् । भान्सामा दैनिक प्रयोग हुने अदुवा, लसुन, हलेदो, तेजपत्ता पनि औषधि पो रहेछ्न्। हामीले गौमुत्रलाई पञ्चगब्यको रूपमा मात्र प्रयोग गर्थ्यौ तर यो पनि औषधीको रूपमा प्रयोग गर्न सकिने रैछ।“ स्थानीय उमादेवी खनालले खुशी हुँदै भन्नुभयो , “ जडिबुटी पहिचान कार्यशाला एकदमै उपलब्धिमूलक रह्यो।“

Facebook Comments Box
TOP