प्रभावकारी चेतनाको विकास नहुँदा सामाजिक समस्या बढिरहेको छ : नगर प्रमुख भट्टराई

गल्याङ :
गल्याङ नगरपालिकाका प्रमुख गुरु प्रसाद भट्टराईले शिक्षा र समाजको विकाससँगै चेतनाको विकास जरुरी रहेको बताउनु भएको छ । उहाँले भन्नुभयो,“ चेतनाको विकास नभएकै कारण समाजमा समस्या उत्पन्न हुने गरेको छ ।”
सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजना र गल्याङ नगरपालिकाको समन्वयमा आयोजित लैङ्गिक हिंसा विरुद्वको १६ दिने अभियान लैङ्गिक हिंसा अन्त्यको शुनिश्चितता महिला र बालबालिकामा लगानीको एक्यबद्वता भन्ने अभियानका साथ सञ्चालन भएको कार्यक्रमकोे समापन समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।
नगर प्रमुख भट्टराईले भन्नु भयो हामीले सामाजिक वा राजनीति पुर्वाग्रहका बिचमा भावना राख्ने गर्दछौं त्यस्तो अवस्थामा पनि हिंसा हुने भएकाले हरेक व्यक्ति सकरात्मक सोचका साथ अगाडि वड्न आवश्यक भएको बताउनु भयो ।
हाम्रोे मनमा पलाएका भावनाहरुलाई कार्यान्वयन गर्न र व्यवाहारमा उर्तान सक्दैनौ तव सम्म गफ गरेरमात्रै हुँदैन प्रमुख भट्टराईको भनाई छ ।
परिर्वतन आफैबाट सुरुवात गर्नु पर्ने र हामीले छोरी र बुहारीमा गरिने विभेदको अन्त्य गर्नु पर्ने र हामीले जति जान्दछौ र जति बुझ्द छौं त्यही कुरालाई मात्रै आत्मसाथ गरेर अगाडि वढ्न सके मात्रै पनि महिला हिंसा अन्त्य हुने बताउनु भयो ।


कार्यक्रममा गल्याङ नगर उपप्रमुख हेमा न्यौपानेले हामीले व्यक्ति समाज र नगरबाट हुने महिला हिंसा अन्त्यका लागि हामी सबै एक जुट भएर लाग्नु पर्ने जसले गर्दा समस्याको निराकरण गर्न सकिने कुरा बताउनु भयो ।
कार्यक्रममा गल्याङ नगरपालिका वडा नं.७ का वडाअध्यक्ष झविलाल पाण्डये,गल्याङ नगरपालिका वडा नं.१ की वडासदस्य डोलमाया बस्याल लगायतले लैङ्गिक हिंसा विरुद्वको विषयमा बोल्नु भएको थियो ।
कार्यक्रममा महिला हिंसा सम्बन्धी प्लेकार्ड सहित गल्याङ नगर परिक्रमा गरि गल्याङ नगरपालिकाको सभाहलमा पुगी कोण सभामा परिणत भएको थियो ।
सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख इश्वरी प्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य स्वास्थ्य शाखा पब्लिक हेल्थ नर्स बिसर्जना थापाले र कार्यक्रमको सञ्चालन सामाजिक विकास शाखा प्रमुख ढाल बहादुर केसीले गर्नु भएको थियो ।

Facebook Comments Box
TOP