आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि
केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ११ रनले पराजित गर्दै मधेस प्रदेश केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको हो ।
उपाधि जितेको मधेसले आकर्षक ट्रफीसहित पाँचलाख नगद पाएको छ । उपविजेता बनेको त्रिभुवन आर्मीले ट्रफीसहित दुई लाख पचास हजारमा चित्त बुझाएको छ ।
मधेसले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको आर्मीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २४ रन मात्र बनाउन सक्यो ।
प्रतियोगिताभर १० विकेट लिनुभएका बागमतीका खेलाडी सन्दीप लामिछाने वेस्ट बलर बन्नुभयो भने बागमतीकै रीत गौतम वेस्ट ब्याट्सम्यान बन्नुभयो । गौतमले प्रतियोगिताभर १ सय ७० रन बनाउनुभएको छ । वेस्ट ब्याटर र बलरले जनही २० हजार पाउनुभएको छ ।
प्रतियोगिताको सात प्रदेशका सात, नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब, एपीएफ र कोशी आयोजन मदन भण्डारी स्पोर्टस एकेडेमीका दुईगरी १२ टिम सहभागी रहेका थिए ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


