सानिमा बैंकले स्याङ्जामा खोल्यो शाखा
स्याङ्जा :
सानिमा बैंकले स्याङ्जाको पुतलीबजारमा शाखा स्थापना गरेको छ । शाखा कार्यालयको उद्घाटन बैंकका ब्रान्ड प्रवर्धक वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, सञ्चालक रमेशकुमार पोखरेल र प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रुपमा गर्नुभयो । कार्यक्रममा मदनकृष्ण श्रेष्ठले सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो ।
सञ्चालक पोखरेलले सानिमा बैंकलाई विश्वास गरी सबल अनि विश्वसनीय बैंकको रुपमा स्थापित हुन सहयोग गर्ने ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्नुभयो । त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत पाण्डेले स्याङ्जामा शाखा स्थापना गरेर बैंकले स्थानीय ग्राहकलाई विश्वसनीय एवं स्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाउनुभयो । सानिमा बैंकका देशका सातै प्रदेशमा १३३ कार्यालय र १२३ एटीएम सञ्चालनमा छन् ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


